काठमाडौं । सर्वोच्च अदालतले देशैभरी रहेका कानुन व्यवसायीमध्ये १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको छ ।
सर्वोच्च अदालतको बुधबार बसेको पूर्ण बैठकले काभ्रेका भ्रमण कुमार श्रेष्ठ, झापाका चन्द्रप्रसाद काफ्ले, महोत्तरीका रामकिशोर महतो, मोरङका युगेश्वर साहु, काठमाडौंका शैलनाथ गौतम, पर्साका दीनानाथप्रसाद बरै (चौरसिया), खोटाङका शम्भुप्रसाद निरौला, कास्कीका योगराज बराल लगायत १३३ जनालाई वरिष्ठ अधिवक्ताको उपाधि दिने निर्णय गरेको हो ।
वि.सं.२०७९ असार २९ बुधवार १८:१८ मा प्रकाशित






























