back
CTIZAN AD

महाप्रसादलाई तत्काल बर्खास्त गर

वि.सं.२०७९ असार २९ बुधवार

978 

shares

सार्वजनिक तथ्य र प्रमाणले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय जिम्मेवारीमा रहेको स्पष्ट हुन्छ । एमालेले पार्टी निर्णयबारे जानकारी गराउन २०७३ जेठ २१ मा जारी गरेको वक्तव्य र हालै जारी गरेको अन्तरपार्टी निर्देशन–४ ले अधिकारी एमालेको जिम्मेवार नेता हुन् भन्ने स्पष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २१ मा गर्भनर, डेपुटी गभर्नर र सञ्चालक कुनै पनि राजनैतिक दलको सदस्य वा पदाधिकारी हुन नपाइने स्पष्ट व्यवस्था छ । यदि कुनै पनि राजनीतिक दलसँग आवद्ध भएमा गभर्नर स्वतः पदमुक्त हुने समेत व्यवस्था ऐनको दफा २२ को उपदफा ५ मा गरिएको छ ।

त्यस्तै, अधिकारीले अर्थमन्त्रालयलाई बुझाएको व्यक्तिगत विवरण (बायोडाटा)ले पनि उनी शैक्षिकरूपमै गभर्नर बन्न अयोग्य देखिएका छन् । नेपाल राष्ट्र बैंक ऐन, २०५६ को दफा २० अनुसार राष्ट्र बैंकको गभर्नर, डेपुटी गभर्नर र सञ्चालकमा नियुक्त हुन न्यूनतम स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्दछ । तर, गभर्नर अधिकारीले स्नातकोत्तरको शैक्षिक योग्यता हाँसिल गरेका छैनन् ।

एकातिर राजनीतिमा सक्रिय हुनु र अर्कोतिर शैक्षिकरूपमा पदीय जिम्मेवारीमा रहन अयोग्य हुनुले उनीमाथि गम्भीर प्रश्न उब्जाएको छ । स्मरणरहोस्, अधिकारीविरुद्ध लगानी बोर्डको सिइओ हुनुपूर्व नै सर्वोच्च अदालतमा उनको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै रिट दायर भएको थियो । तर, अदालतले उक्त रिटलाई चासो नदिएर टुंग्याएको छैन् ।

एकातिर कानूनीरूपले अधिकारीको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ भने अर्कोतिर गैरजिम्मेवार अभिव्यक्तिले आम जनतामा ठूलो निराशा र आतंक सिर्जना गराएको छ । तर, आफुमाथि गम्भीर प्रश्न उठ्दा पनि अधिकारीमा नैतिकता देखिएको छैन । नैतिकवान नभएका अधिकारीलाई अबिलम्ब पदमुक्त गर्नु नै अहिलेको उत्तम विकल्प हो ।

आज अधिकारीमाथि चौतर्फीरूपमा प्रश्नहरु उब्जीएका छन् । चौतर्फीरूपमै उनीमाथि छानबिन गरी कारबाही गर्न माग गरिएको छ । अधिकारीले मुलुकको आर्थिक अवस्थाबारे गैरजिम्मेवार शैलीमा दिएको अभिव्यक्तिप्रति पनि धेरैले प्रश्न उठाएका छन् । उनका अभिव्यक्तिले आम जनतामा निकै ठूलो निराशा र आतंक पनि सिर्जना गराएको छ । प्रमुख प्रतिपक्षी दलका नेताले सरकारको विरुद्धमा बोलेजस्तै गभर्नर अधिकारीले पनि “देशको आर्थिक अवस्था श्रीलंकाको जस्तो बनिसक्यो” भन्ने अभिव्यक्ति दिइरहेका छन् । जसले मुलुकमा थप आतंकको अवस्था बनाउने काम गरिररहेकाे छ ।

एकातिर कानूनीरूपले अधिकारीको जिम्मेवारीमाथि गम्भीर प्रश्न उठेको छ भने अर्कोतिर गैरजिम्मेवार अभिव्यक्तिले आम जनतामा ठूलो निराशा र आतंक सिर्जना गराएको छ । तर, आफुमाथि गम्भीर प्रश्न उठ्दा पनि अधिकारीमा नैतिकता देखिएको छैन । नैतिकवान नभएका अधिकारीलाई अबिलम्ब पदमुक्त गर्नु नै अहिलेको उत्तम विकल्प हो । सरकारले उनलाई अबिलम्ब पदबाट बर्खास्त गरी छानबिन प्रक्रिया अगाडि बढाओस् । यदी अधिकारीमाथि कारबाही प्रक्रिया अगाडि बढाइएन भने मुलुकको अर्थतन्त्र थप तहस–नहसको बाटोमा जाने निश्चित छ ।

वि.सं.२०७९ असार २९ बुधवार १८:४४ मा प्रकाशित

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नेपालको राजनीतिमा नयांँ पुस्ताको उदयः अवसर र चुनौती

नयाँ पुस्ताको उदय नेपालको राजनीतिक इतिहास परिवर्तन, संघर्ष र पुनसंरचनाले...