back
CTIZAN AD

भागेर माल्दीभ्स पुगेका श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्ष अब सिङ्गापुर जाने

वि.सं.२०७९ असार ३० बिहीवार

843 

shares

कोलम्बो । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष माल्दीभ्सबाट सिङ्गापुर प्रस्थान गर्न लागेका छन् ।

बुधबार सबेरै बिहान श्रीलङ्काको राजधानी कोलम्बोबाट माल्दीभ्सको राजधानी माले गएका राजापाक्षे मालेमा एक दिन पनि पूरा नबसी बुधबार राति सिङ्गापुर प्रस्थान गर्ने भएका हुन् ।

आफ्नै देश भित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहेका राजापाक्षलाई भाग्नका लागि श्रीलङ्काको सेनाले नै सहयोग गरेको छ । सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका थिए ।

यसअघि उनकै अर्का भाइ तथा पूर्व अर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ ।

तत्कालीन राष्ट्रपति राजापाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दीभ्स लगिदिएको श्रीलङ्काको सेनाले जनाएको छ । सेनाले आफू खुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ ।

राजापाक्षसँगै उहाँकी श्रीमती र दुई अङ्ग रक्षकसमेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् ।

उनीहरु चारै जनालाई श्रीलङ्काको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दीभ्सको भेलाना अन्तरराष्ट्रिय विमानस्थल माले लगिएको थियो ।

राजापाक्षले देश छाडेको खबरले थप आक्रोसित भएका प्रदर्शनकारीका हिंसा भड्कीन नपाओस् भन्ने उद्देश्यले श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ ।

प्रधानमन्त्री रानिल विक्रमसिङ्घेले बुधबार आपत्कालीन अवस्थाको घोषणा गरेका थिए ।

सम्भावित हिंसात्मक गतिविधिलाई मध्यनजर गर्दै देशको पश्चिमी प्रान्तमा कफ्र्यु पनि लगाइएको छ ।

प्रधानमन्त्री विक्रमसिङ्घेको निवासबाहिर तैनाथ सुरक्षाकर्मीहरूले अश्रु ग्यास प्रयोग गरी प्रदर्शनकारीलाई तितरवितर पारेको समाचारमा जनाइएको छ ।

विक्रमसिङ्घेले दङ्गा मच्चाउनेलाई गिरफ्तार गर्ने ठाडो आदेश पनि दिएको श्रीलङ्काको डेली मिरर पत्रिकाले जनाएको छ ।

तर श्रीलङ्काको विपक्षी दलका नेता सजिथ प्रेमादासले भने प्रधानमन्त्री विक्रमसिङ्घेले राष्ट्रपतिको अधिकार प्रयोग गर्न नपाउने दाबी गरेका छन् । प्रधानमन्त्रीले आपत्काल घोषणा गर्न नमिल्ने पनि उनको भनाइ ।

प्रधानमन्त्रीलाई राष्ट्रपतिले कार्यवाहक राष्ट्रपति नियुक्त गरेमा मात्रै दीर्घकालीन असर नपर्ने गरी कामचलाउन काम मात्रै गर्न पाउने उनको तर्क छ ।

प्रधानमन्त्रीले पनि राष्ट्रपतिको अधिकार र जिम्मेवारी पाए झै काम गर्नु संविधानको दुरूपयोग भएको उनले दाबी गरेका छन् ।एएनआई

वि.सं.२०७९ असार ३० बिहीवार ०८:१३ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...