back
CTIZAN AD

कुमारी बैंकले ल्यायो १० गुणासम्मको प्रतिफल दिने मुद्दती निक्षेप योजना

वि.सं.२०७९ असार ३० बिहीवार

741 

shares

काठमाडौं । कुमारी बैंकले १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजनाहरु ल्याएको छ । बैंकले २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणासम्मको प्रतिफल दिने विभिन्न निक्षेप मुद्दती योजना ल्याएको हो ।

उक्त मुद्दती निक्षेप योजनाहरु दीर्घकालीन अवधिको लागी निक्षेप राखी आकर्षक प्रतिफल प्राप्त गर्न इच्छुक व्यक्ति तथा संघसंस्थालाई लक्षित गरेर ल्याइएको बैंकले जनाएको छ ।

निक्षेप योजना अनुसार व्यक्तिगत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ५.९० वर्ष, १०.२१ वर्ष, १२.९४ वर्ष र २१.६३ वर्षको अवधिमा प्राप्त गर्नेछन् । यसैगरी, संस्थागत निक्षेपकर्ताले आफ्नो साँवा रकममा २ गुणा, ३ गुणा, ४ गुणा र १० गुणा प्रतिफल क्रमशः ७.२५ वर्ष, ११.७१ वर्ष, १४.९२ वर्ष र २५.४० वर्षको अवधिमा प्राप्त गर्नेछन् । यस्ता योजनाको विस्तारले औपचारिक बैंकिङ प्रणालीहरू मार्फत अर्थतन्त्रमा रकमको प्रवाहलाई प्रोत्साहन गर्नेे हुँदा हाल बैंक तथा वित्तीय संस्थाभित्र विद्यमान तरलता अभाव र सो कारणले कर्जा प्रवाहमा आएकोे अवरोधकोे स्थितिमा केही सहजता आउन सक्ने विश्वास बैंकले राखेको छ ।

नेपाली वित्तीय क्षेत्रमा हाल सम्मकै व्यक्तिगत एवं संस्थागत मुद्दतीमा उच्चतम ब्याजदर दिने मध्येमा यी योजनाहरु पर्ने बैंकले जनाएको छ ।

आफ्ना १९७ शाखा सञ्जाल, १८१ एटिएम, ४५ शाखारहित बैंकिङ ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै जनाएको कुमारी बैंकले आगामी दिनहरुमा अझ सुरक्षित, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न आफ्नो डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लैजाने प्रतिबद्धता जनाएको छ ।

वि.सं.२०७९ असार ३० बिहीवार ०८:३८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...