back
CTIZAN AD

राप्रपाले यी चार नेतालाई स्पष्टीकरण सोध्ने

वि.सं.२०७९ असार ३० बिहीवार

921 

shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीका चार नेतासँग स्पष्टीकरण सोध्ने भएको छ ।

बुधबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले पार्टीको नामक दुरुपयोग गरेर छुट्टै भेला गरेको भन्दै दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्यामप्रसाद तिमल्सिना र राजाराम श्रेष्ठलाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

‘पार्टीको हित विपरीतका गतिविधि जारी राख्ने, अनधिकृत वार्ता समिति बनाउने र सञ्चारमाध्यममा जथाभावी समाचार प्रकाशन, प्रसारण गर्ने, गराउने कार्यमा संलग्न भएकालाई २४ घन्टाभित्र लिखित स्पष्टीकरण सोध्ने र अनुशासन समितिलाई कारबाहीका लागि सिफारिस गर्ने निर्णय गरिएको छ ।’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै असार २६ गते राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनमा सम्बद्ध महिलाहरुका बीचमा उत्पन्न विवाद र उक्त विवादमा पार्टीका महामन्त्रीद्धय कुन्ती कुमारी शाही र राजेन्द्र गुरुङसमेत जोडेर महामन्त्री शाहीको चरित्र हत्या हुने गरी आएको समाचारप्रति राप्रपाले ध्यानाकर्षण भएको जनाएको छ ।

May be an image of text

 

वि.सं.२०७९ असार ३० बिहीवार ०९:३५ मा प्रकाशित

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौँ । विशेष अदालतले पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सम्पत्ति...

भाइद्वारा दाजुको हत्या

भाइद्वारा दाजुको हत्या

नेपालगञ्ज । बाँके प्रहरीले कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको...

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

भ्रष्टाचार अभियोगमा नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नयाँ पर्यटन गन्तव्य पहिचान...

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

जलवायु मैत्री प्रविधिबाट धानमा आत्मनिर्भरता र समृद्धिको सन्देश: देवचुलीमा मनाइयाे राष्ट्रिय धान दिवस

देवचुली । "जलवायु मैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि" भन्ने राष्ट्रिय...

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

रास्वपाले बालबालिकालाई पार्टी सदस्यता दिएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको आपत्ति

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौँ ।  राष्ट्रिय धान दिवस । देशभर किसान र विभिन्न...