back
CTIZAN AD

अप्पर सोलुको आईपिओ बाँडफाँड

वि.सं.२०७९ असार ३० बिहीवार

987 

shares

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आईपिओ बाँडफाँड गरेको छ । आज (असार ३० गते) विहान बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले असार २० गतेदेखि असार २३ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १९ लाख ५७ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार १ सय ५० कित्ता शेयर कम्पनीको कर्मचारीको लागि र ९७ हजार ८ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख २० हजार ४ सय ७५ कित्ता शेयरको लागि सर्बसाधारणले आवेदन दिएका थिए ।

क्यापिटलका अनुसार आईपिओमा १४ लाख ४६ हजार ९ सय ८५ जनाले १ करोड ६१ लाख ८६ हजार ५ सय ५० कित्ताको लागि आवेदन दिएका थिए । जस मध्ये १ हजार ७ सय ९१ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १४ लाख ४५ हजार १ सय ९४ जनालाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ ।

जस अनुसार १ लाख ८२ हजर ४७ जनाले मात्र शेयर पाएका छन् । जस मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । यस हिसाबमा आवेदन दिएका मध्ये १२ लाख ६४ हजार बढी आवेदक हात खाली भएका छन् ।

कम्पनीले यसअघि नै आयोजना प्रभावित स्थानीयका लागि शेयर निष्काशन गरिसकेको छ । कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ भने सोलुखुम्बु मै २.८ मेगावाटको सिसा खोला ए आयोजना निर्माण गरिरहेको छ ।

अप्पर सोलुको पहिलो चरणको आइपिओ खुला

वि.सं.२०७९ असार ३० बिहीवार १०:३८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...