back
CTIZAN AD

मन्दाकीनीले स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड

वि.सं.२०७९ असार ३० बिहीवार

981 

shares

काठमाडौं । मन्दाकीनी हाइड्रोपावर लिमिटेडले स्थानीयका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ । कम्पनीको शेयर विक्रि प्रवन्धक बिओके क्यापिटलले हिजो(असार २९ गते) बुधबार बाँडफाँड गरेको हो ।

कम्पनीले असार १ गतेदेखि असार २२ गतेसम्म आयोजना प्रभावितलाई ५ करोड ८८ लाख ३ हजार ७ सय रुपैयाँ बराबरको ५ लाख ८८ हजार ३७ कित्ता शेयर निष्काशन गरेको थियो । यस आईपिओमा कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकाका वडा नम्बर २,३, ४, र ६ का स्थानीय अर्थात् साविकका सार्दीखोला, घाचोक, लाहाचोक र धिताल गाविसका स्थानीयले आवेदन दिन सक्ने ब्यबस्था थियो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट आफ्नो जारी पूँजी ५८ करोड ८० लाख ३६ हजार ९०० को ३० प्रतिशतले हुन आउने जम्मा रकम १७ करोड ६४ लाख १० हजार १०० बराबरको जम्मा १७ लाख ६४ हजार ११० कित्ता शेयर सर्वसाधारण र आयोजना प्रभावित स्थानीयको निमित्त निष्काशन गर्न अनुमति पाएको हो । स्थानीयलाई निष्काशन गरिएको शेयर बाँडफाँड भए संगै अब कम्पनीले आयोजना प्रभावितलाई शेयर निष्काशन गर्ने छ ।

कम्पनीले आईपिओको नतिजा क्यापिटलको वेबसाइटबाट हेर्न सकिने जनाएको छ । कम्पनीले कास्कीमा ४ मेगावाट क्षमताको सार्दी खोला जलविद्युत आयोजना सम्पन्न गरि २०७४ मंसिर देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत २० करोड ७७ लाख रहेको छ ।

सूचनाः

No description available.

वि.सं.२०७९ असार ३० बिहीवार ११:१८ मा प्रकाशित

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले दिए राजीनामा

काठमाडौँ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबाट राजीनामा...

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

नेप्से परिसूचक ३३ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ...