काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीबीच मर्जर सम्झौता भएको छ । यी दुबै इन्स्योरेन्स कम्पनीबीच बुधबार मर्जर सम्झौता भएको हो ।
मर्जर सम्झौता गरेसँगै दुबै कम्पनीको नेप्सेमा शेयर कारोबार रोक्का हुने छ । बीमा समितिको बीमा कम्पनीहरुले पुँजी वृद्धि गर्ने नीतिका कारण बीमा कम्पनीहरु मर्जरका लागि सम्झौता गरिरहेका छन् । बीमा समितिले आगामी चैत्र मसान्तसम्ममा जीवन बीमा कम्पनीले ५ अर्व चुक्ता पुँजी पुर्याउन निर्देशन जारी गरेको छ । त्यस्तै निर्जीवन बीमा कम्पनीले २ अर्ब ५० करोड पुँजी पुर्याउनु पर्ने छ ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बीनी जनरल इन्स्योरेन्स कम्पनीले हिजो बुधबार नै एकआपसमा गाभिने सम्झौता गरेका छन् ।
लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश पारित, सेयरधनीले कति पाउने भए त बोनस ?
वि.सं.२०७९ असार ३० बिहीवार १२:०८ मा प्रकाशित




























