काठमाडौं । नेपालमा आज कोरोनाबाट ४५७ जना संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४,६५१ नमुना परीक्षणमा ४५७ जनामा संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ४५७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ८१ हजार ७९४ पुगेको छ ।
त्यसैगरी आज ४८ जना कोरोना संक्रमणबाट मुक्त भएसँगै नेपालमा हालसम्म कोरोनाबाट मुक्त हुनेको संख्या ९ लाख ६८ हजार ६४ रहेको छ ।
त्यसैगरी आज कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । आज मृत्यु भएका एकजनासँगै हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९५४ रहेको छ ।
मन्त्रालयका अनुसार हाल नेपालमा १७७६ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये १७०१ जना होम आइसोलेशनमा रहेका छन् भने संस्थागत आइसोलेसनमा ७५, आइसीयुमा १५ र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । केही दिनयता आइसीयुमा उपचार गराउनेको संख्या पनि बढेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९८ हजार ९०० मात्रा कोरोना विरुद्धको खोप लगाइएको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १६:४५ मा प्रकाशित






























