काठमाडौं । सिद्धार्थ बैंकले “सिद्धार्थ श्रीवृद्धि मुद्दती खाता” संचालनमा ल्याएको छ । बैंकले निक्षेप रकमको १० गुणासम्म प्रतिफल दिने खाता संचालनमा ल्याएको हो ।
बैंकको अनुसार व्यक्तिगत, संस्थागत एवं रेमिन्ट्यान्स ग्राहकवर्गहरुलाई लक्षित गरी ल्याइएको यस मुद्दती खातामा न्यूनतम १० हजार जम्मा गरी खाता खोल्न सकिने छ । यस मुद्दती खातामा ग्राहले बैंकले तोकेको समयावधि पश्चात् आफ्नो साँवा रकमको २ गुणा देखि १० गुणा सम्मको प्रतिफल प्राप्त गर्न सक्नेछन् ।
यसका अतिरिक्त, ग्राहकले आफ्नो साँवा रकमको ९० प्रतिशतसम्मको कर्जा सुविधा पाउनुका साथै १०० प्रतिशतसम्मको क्रेडिट कार्ड सुविधा समेत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । ग्राहकलाई उक्त क्रेडिट कार्ड जारी गर्दा कुनै पनि शुल्क नलाग्ने बैंकले जनाएको छ ।
बैंकले आफ्नो १९० शाखा कार्यालयहरुबाट सहजै यो मुद्दती खाता खोल्न सकिने जनाएको छ ।
वि.सं.२०७९ साउन २ सोमवार १५:५९ मा प्रकाशित





























