back
CTIZAN AD

प्रभु बैंकका ग्राहकलाई स्टार हस्पिटलमा विषेश छुट

वि.सं.२०७९ साउन ४ बुधवार

693 

shares

काठमाडौं । प्रभु बैंकका ग्राहकले स्टार हस्पिटलमा विषेश छुट पाउने भएका छन् । बैंक र हस्पिटलबिच आकर्षक छुट सम्बन्धी सम्झौता भएको हो ।

उक्त सम्झौतामा बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेष राज धमला र स्टार हस्पिटल प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले स्टार हस्पिटलद्धारा सञ्चालित सेवा मध्ये बेड चार्ज तथा अनुसन्धान सेवामा १० प्रतिशत छुट प्राप्त हुने छ ।

बैंकका अनुसार उक्त सम्झौता अन्तर्गत हस्पिटलमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, क्यु आर र पीओएस मेसिन च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, स्टार हस्पिटलका सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको  छ । बैंकले यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास लिएको छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १३:५५ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...