back
CTIZAN AD

संसदमा प्रश्न : किन भेटिएन एम अधिकारी ?

वि.सं.२०७९ साउन ४ बुधवार

831 

shares

काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का सांसद गजेन्द्रकुमार महतले एमालेको आर्थिक विभागमा रहेका भनिएका एम अधिकारी खोजीदिन आग्रह गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले एम अधिकारी पत्ता लगाउन माग गरेका हुन् ।

‘कुखुराको चल्ला हराएपछि पनि खोजी हुन्छ हाम्रो गाउँघरमा । ठूलो दलको महत्वपूर्ण विभागको केन्द्रीय सदस्य हराएको छ। महत्वपूर्ण मान्छे हराएको छ, कसले खोजिदिने?’, महतले प्रश्न गरे, ‘उनको खोजीको लागि बालुवाटारमा आन्दोलन भइरहेको छ। उनको खोजीका लागि समिति बनेको छैन तर कसले हुन्छ कसरी हुन्छ एम अधिकारी खोजी पाउनुपर्यो।’

जुम्लाका सांसद महतले सरकारले खोजी नगरे त्यो व्यक्तिको खोजी गर्नु सम्बन्धित थरका मान्छेको दायित्व हुने बताए । ‘हाम्रोतिर महत थरको मान्छे हराए महत थरका मान्छेहरूले खोज्छन्, अपुताली खानेको पनि जिम्मा हुन्छ । एम अधिकारी खोज्ने जिम्मा सरकारले नगरेपनि अधिकारी थरकाले खोज्नुपर्‍यो,’ महतले भने ।

त्यस्तै, सांसद दिल कुमारीले राजीनामा गरेर एमालेको संगठन विस्तारमा लाग्न गभर्नर महाप्रसाद अधिकारीलाई सुझाव दिएकी थिइन् । ‘राष्ट बैंकको गभर्नरबारे कानूनी र नैतिकताको प्रश्न उठेपछि राजीनामा गरेर एमालेको संगठन बलियो बनाउन लाग्नुस्,’ सांसद कुमारीले भनिन् ।

वि.सं.२०७९ साउन ४ बुधवार १४:०९ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...