back
CTIZAN AD

राजापाक्षेका सहयोगी रनिल विक्रमासिंघे बने श्रीलंकाको राष्ट्रपति

वि.सं.२०७९ साउन ४ बुधवार

774 

shares

काठमाडाैं । श्रीलंकाका कार्यबहाक राष्ट्रपति रनिल विक्रमासिंघे राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी सन् २०२४ सम्म पदमा रहनेछन् ।

राष्ट्रपति पदका लागि तीन जना उम्मेदवार प्रतिष्प्रर्धामा थिए । २२५ सदस्यीय सदनमा ६ पटक प्रधानमन्त्री बनेका ७३ वर्षीय विक्रमासिंघेले १३४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी तथा असन्तुष्ट सत्तारुढ दलका नेता दुल्लास अलाहपेरुमाले ८२ मत पाए । वामपन्थी जनता विमुक्ति पेरामुना (जेभीपी) का नेता अनुरा कुमारा दिसानायकेले जम्मा तीन मत पाए ।

आर्थिक संकट चरम बन्दै गइरहेका बेला तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे गत साता देश छाडेर भागेका थिए। हजारौं प्रदर्शनकारी राष्ट्रपति निवास प्रवेश गरेपछि राजापाक्षे माल्दिभ्स हुँदै सिङ्गापुर पुगेका थिए।

प्रदर्शनकारीहरूले गत मे महिनामा प्रधानमन्त्री नियुक्त भएका विक्रमसिङ्घको समेत राजीनामा माग गरेका थिए। प्रदर्शनकारीहरूले उनको निजी निवासमा आगजनी गर्दै उनको सरकारी निवास कब्जा गरेका थिए। यद्यपि विक्रमसिङ्घले त्यस्ता मागलाई बेवास्ता गर्दै आएका थिए।

राजपक्षले देश छाडेपछि उनले स्वत: कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्दै आएका थिए।

उनलाई राजापाक्षेको सहयोगीका रूपमा हेरिन्छ ।

वि.सं.२०७९ साउन ४ बुधवार १४:२१ मा प्रकाशित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया  पराजित

विश्वकप फुटवल : अर्जेन्टिनाद्धारा अष्ट्रिया पराजित

काठमाडौँ । कप्तान लियोनल मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना जारी...

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

सिक्टा नहरको पानीले किसानलाई राहत, धमाधम रोपाइ गर्दै

रुपनी जिएम, जानकी (बाँके)। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट...

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

जेसिस इन्टरनेसनल स्कुलमा योग दिवस: योग र कलाको अनुपम फ्युजन

काठमाडौँ । चन्द्रागिरी–११, सतुङ्गलस्थित जेसिस इन्टरनेसनल बोर्डिङ सेकेन्डरी स्कुलमा बाह्रौँ...

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

क्यान्सर विरामीको प्रश्न : डाक्टरसाप, निको भएपछि गर्भधारण गर्न मिल्छ ?

भक्तपुर । डाक्टर साहेब क्यान्सर निको भएपछि गर्भधारण गर्न कुनै...

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखामा १२औँ विश्व योग दिवस: करिब २०० जनाको सहभागिता

गोरखा । १२ औँ विश्व योग दिवसको अवसरमा गोरखामा एकदिवसीय...

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...