back
CTIZAN AD

तीन महिनामा चट्याङका कारण ५४ जनाको मृत्यु, १२८ जना घाईते

वि.सं.२०७९ साउन ४ बुधवार

792 

shares

काठमाडौं । नेपालमा बैशाख यता घटेका विपत् विभिन्न घटनामा चट्याङबाट मात्रै ५४ जनाको मृत्यु भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणद्धारा जारी सूचना अनुसार बैशाख १ देखि साउन ३ गतेसम्म भएका १५७ चट्याङका घटनाबाट ५४ जनाको मृत्यु भएको छ भने १२८ जना घाईते भएका छन् ।

उक्त सूचना अनुसार यो तीन महिनामा पहिरो, बाढी, भारी वर्षा, सर्पदंश, आगलागी, जंगलमा भएको आगलागी र हावाहुरीका घटनाबाट १२७ जनाले ज्यान गुमाएका छन् । जसमध्ये चट्याङबाट ज्यान गुमाउनेको संख्या बढी रहेको छ । उक्त घटनाबाट २१९ परिवार प्रभावित भएका छन् ।

त्यसैगरी ६०३ आगलागीका घटनाबाट तीन महिनाको अवधिमा १९ जनाको मत्यु, ७३ जना घाईते र ६८७ घरपरिवार प्रभावित भएका छन् । साथै जंगलमा भएको ५३ आगलागीका घटनाबाट १ जनाको मृत्यु भएको छ ।

त्यस्तै ८० वटा पहिरोका घटनाबाट १७ जनाको मृत्यु, २२ घाइते र १०४ परिवार प्रभावित भएका छन् । साथै ५७ वटा जनावर आतंकका घटनाबाट १२ जना र ९५ हावाहुरीका घटनाबाट ९ जनाको मृत्यु, ३४ घाईते र २६० घरपरिवार प्रभावित भएको पनि सूचनामा उल्लेखछ ।
उक्त सूचना अनुसार १७ वटा बाढीका घटनाबाट ३ जना, भारी वर्षाका कारण ५ जना, सर्प दंशका कारण ७ जना, भूकम्प र डु्रगा पल्टेर बेपत्ता भएका १/१ जनाको मृत्यु भएको छ ।

त्यसैगरी कुल ११३० विपद्का घटनाबाट १२७ जनाको मृत्यु भएको छ भने ३१५ जना घाईते भएका छन् । समर्थ १४६२ घर परिवार प्रभावित भएका छन् ।

May be an image of text that says 'घटना २०७९ वैशाख१्देखिसाउन ४गते सम्मका विपदका प्रमुख घट्नाहरुको विवरण घटना मृतक वेपता घाईते प्रभावित अनुमानित क्षति संख्या परिवार ૮૦ १०४ १७ २६ १७ पहिरो बाढी भारी बर्षा चट्याइग सर्पदंश 。 ३ १ ५५ १५७ ११ o ५ ५४ ७ २२ ५ ६ १२८ ५ 。 ५६ २१९ ११ ४८१७८००० ५०१९००० १२३८९८०० २६९८००० ५७ १२ जनावर आतंक भूकम्प डुडगा पल्टेर जम्मा सख्या ३९ १ ६८ 。 १ १ ११३० १ o २०५६५०० १२७ २ १ ३१५ १४६२ ११'

वि.सं.२०७९ साउन ४ बुधवार १६:१४ मा प्रकाशित

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

उद्धार र राहतका लागि सवारी साधन उपलब्ध गराउन निर्माण व्यवसायी महासंघको अपिल

काठमाडौं । चीनको तिब्बततर्फबाट रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको...