back
CTIZAN AD

विधार्थीले बनाएर स्मार्ट होम, आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न मिल्ने

वि.सं.२०७९ साउन ५ बिहीवार

645 

shares

काठमाडौं । स्मार्ट शहरको आधारभूत संरचनाका रुपमा रहेको स्मार्ट होम(घर) लागि आवश्यक पूर्वाधारहरु सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का विधार्थीहरुले विकास गरेका छन् । एसपीएमा बीआईएम छैटौं सेमिस्टरमा अध्ययनरत् विधार्थीहरुले ‘स्मार्ट होम’ अवधारणाको विकास गरेका हुन् ।

जसमा स्मार्ट घरमा हुनुपर्ने आइटीमा आधारित आधारभूत सामाग्रीहरु हुन् । एसपीएका विधार्थीहरु पवन अवस्थी, नमिता जपरेल, सुदीप वली, कमला जोशी र सोनु भण्डारीले उक्त प्रविधिको विकास गरेका हुन् ।

उनीहरुले विकास गरेको प्रविधिअनुसार घरमा भएका सामाग्रीहरु एसी, फ्रिज, ग्यास, टिभी, बत्तीहरु गाडीलगायत बस्तुहरुलाई आफू घर बाहिर भएका बेला पनि कन्ट्रोल गर्न सकिने छ । यस्तै उनीहरुले बनाएको प्रविधिमा घरमा अपरिचित व्यक्ति वा चोर आएपनि अलार्म(घण्टी) बज्ने सिस्टम समेत राखिएको छ । यस्तै गाडी पार्किङभन्दा दायाबायाँ गयो भने मोबाइलमा जनाउ घन्टी बज्ने गर्छ ।

‘घर सुरक्षित बनाउँन आवश्यक सम्पूर्ण प्रविधिहरु आइटीमा आधारित रहेर हामीले विकास गरेका छौं,’ विधार्थी पवन अवस्थीले भने, ‘आधुनिक स्मार्ट शहरमा हुने स्मार्ट घघरका लागि हामीले यी प्र प्रविधिको विकास गरेका हौं । हामीले विकास गरेका प्रविधिहरुको प्रयोग गर्दा जो सुँकै घरमालिक पनि ढुक्क भएर बस्न सक्छ ।’

विधार्थीले बनाएको प्रविधिअनुसार भान्सामा सेन्सर राख्न मिल्छ । उक्त सेन्सरले ग्यास लिक भएको अवस्थामा मोबाइलमा घण्टी बजाउँछ । जसले गर्दा ठूलो दुर्घटना हुनबाट जोग्न सकिने पवनले बताए ।

स्मार्ट होससँगै उक्त समूहका विधार्थीले स्मार्ट ग्लास प्रविधिको विकास पनि गरेका छन् । उक्त स्मार्ट ग्लास दृष्टिविहिन व्यक्तिहरुका लागि वरदान सावित हुने समूहकी अर्की विधार्थी नमिता जपरेलले बताईन् । ‘यो ग्लास लगाएर हिडडुल गर्दा अगाडि केही बस्तु आएमा वा बाधा आएरमा दृष्टिविहिन व्यक्तिलाई जनाउ घण्टी बज्छ,’ नमिताले भनिन्, ‘यसले गर्दा दृष्टिविहिन व्यक्तिलाई हिडडुल गर्दा सहज हुनुका साथै कुनै दुर्घटना हुन पाउँदैन ।’

सोही समूहका विधार्थीहरुले अर्को प्रोजेक्टका रुपमा ‘फाइटर रोबर्ट’ को पनि विकास गरेका छन् । उक्त रोबर्टले अफिस, घर, रेष्टुरेन्टमा काममा सघाउँछ । अफिसमा समान, फाइलहरु बोक्ने, रेष्टुरेन्टमा अर्डर लिने, खाना पुर्याउनेलगायत कामहरु उक्त रोबर्टले गर्ने पवनले बताए ।

‘हामीले दैनिक रुपमा मानविय क्रियाकलापलाई सघाउ पुगोस् भन्ने उदेश्यले यी प्रविधिको विकास गरेका हौं,’ पवनले भने, ‘अहिले हामीले सानो स्केलमा यी प्रविधिहरु बनाएका छौं । यसको ठूलो र विस्तारित रुप बनाउँदै जानेछौं ।’
‘विधार्थीहरुले जुन किसिमको प्रविधि विकास गरेका छन् त्यो विकास नभएर आविष्कार हो । छोटो समयमै एसपीएका विधार्थीहरुले यी प्रविधिको आविष्कार गरेका छन्,’ एसपीएका बीआईएम कार्यक्रम निर्देशक इन्जिनियर भीम पुनले भने, ‘सुचना र व्यवस्थापनलाईसँगै जोडेर सामान्य मानिसका समस्या हल गर्न एसपीएका विधार्थीहरु तत्पर छन् । विधार्थीहरुलाई आइटी क्षेत्रबाट समाज र देश परिवर्तन गर्न प्रेरित गर्न हामी दिनरात भनेर काम गरिरहेका छौं ।’

 

वि.सं.२०७९ साउन ५ बिहीवार १३:१४ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...