back
CTIZAN AD

सांसद ज्ञवाली भन्छन् – मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले ध्यान दिनुपर्छ

वि.सं.२०७९ साउन ५ बिहीवार

606 

shares

काठमाडौँ । सांसद प्रदीपकुमार ज्ञवालीले खाद्यपदार्थमा ४० प्रतिशत मूल्यवृद्धि भएको हुँदा मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बैठकको विशेष समयमा उनले खाद्यपदार्थ, पेट्रोल, डिजेल, निर्माण सामाग्रीलगायतमा मूल्य वृद्धिका कारण जनताको जनजीवन निकै कष्टकर हुँदै गएको भन्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराए ।

“गरिबीको रेखामुनि रहेका जनतालाई राहत दिन सुपथ मूल्यका पसल खोल्न सकिन्छ, मूल्यवृद्धिको अनुगमन गर्न सकिन्छ”, उनले भने, “गलत गर्नेलाई कारबाही गर्न सकिन्छ, अचाक्ली ढङ्गले मूल्य बढिरहेको छ ।” उनले १७ प्रतिशत गरिबीको रेखामुनि रहेका जनताको जनजीवनलाई ध्यानमा राखेर सरकारले काम गर्नुपर्ने बताए ।

“किसानको हातमा मल छैन, पढाइ भएको तीन महिना भएको विद्यालयमा पाठ््यपुस्तक छैन”, उनले भने, “सरकारले मूल्य नियन्त्रणका विषयमा ध्यान दिन सकेन, जनतालाई परेको मर्कामा सदनले पनि बोल्नुपर्छ ।” उनले मूल्यवृद्धि नियन्त्रण गर्ने विषयमा सभामुखले सरकारका नाममा रुलिङ गर्न आग्रह गर्दै किसानका लागि मल र विद्यार्थीका लागि पाठ्यपुस्तकको समस्या तत्काल समाधान गर्न माग गरे ।

सांसद ज्ञवालीले जनताले गुणस्तरीय पानी पिउन नपाउँदा जारको पानी किनेर खानुपर्ने बाध्यता बढ्दै गएको र मेलम्ची वर्षायामका कारण धमिलो भएकाले पानीमा समस्या देखिएको बताए । उनले खाद्य सामग्रीमा गुणस्तर परीक्षण गर्न, कृत्रिम अभाव, सिन्डिकेट र कार्टेलिङ हटाउन साथै दैनिक ज्यालादारीको ज्यालामा वृद्धि गर्न समेत सरकारसँग माग गरे ।

 

वि.सं.२०७९ साउन ५ बिहीवार १६:०३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...