back
CTIZAN AD

होन्डाद्धारा टाटा कम्पनीको २ डब्ल्यु ब्याट्री सार्वजनिक

वि.सं.२०७९ साउन ५ बिहीवार

975 

shares

काठमाडौं । होन्डाले टाटा अटो कम्पनीद्धारा उत्पादित २ डब्ल्यु ब्याट्री सार्वजनिक गरेको छ । होन्डाले उक्त ब्याट्रिको कम्पनीको हेड अफिस ज्योतिभवनमा आज एक कार्यक्रमका बिच लञ्च गरेको हो ।

नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटर (एचएमएसआई), होण्डा पावर प्रोडक्टस्(एचएसपीपी) र होण्डा मोटर्सका लागी टाटा अटो कम्पनीबाट उत्पादित टाटा ग्रीन ब्याट्रीज्का लागि स्याकार ट्रेडिङ कम्पनीलाई आधिकारिक ओईएम वितरकको रुपमा नियुक्त गरिएको छ ।

सोही अवसरमा बोल्दै टाटा ग्रीन ब्याट्रीज्का सीईओ रवि गुप्ताले भने, “टाटा ग्रीन ब्याट्री टुव्हीलर्स ब्याट्रिज भारतमा रहेका ठूला उत्पादकहरु मध्ये एकमा पर्छ, जस्ले प्रमुख ओईएमएसमा आपूर्ति गर्दछ जस्तै होण्डा मोटरसाईकल र स्कुटरइन्डिया(एचएमएसआई), टीभीएस, यामाहा, जाभा, सुजुकी र पाईजीओ । भारतमा भएको सफलतालाई नेपालमा ख्याति प्राप्त कम्पनी एसटीसीसँग पनि सहकार्य गरी हामी हाम्रो सफलतालाई नेपालमा पनि बिस्तार गर्न चाहन्छौँ र यो विश्वास पनि राख्दछौँ कि यो सम्बन्धले नेपालमा टाटा ब्याट्रिजको उन्नतिलाई बढाउन अझै सहायता दिने छ ।”

त्यसैगरी एसटीका अध्यक्ष सौरभ ज्योतिले भने, “२डब्ल्यु ब्याट्रीज् सप्लायरको क्षेत्रमा भारत स्थित टाटा अटो कम्पनी एक प्रमुख कम्पनी हो । टाटा अटो कम्पनीसंगको सहकार्यबाट हाम्रो देशभर रहेका १५० डिलरहरु मार्फत हाम्रा ग्राहकहरु समक्ष उक्त कम्पनीबाट उत्पादित टाटा ग्रीन ब्याट्रीज् सप्लाई गरी ग्राहक बर्गमा नयाँ सेवा पुर्याउन सकिने प्रति दृढ छौ । ”

त्यस्तै, उक्त कम्पनीका स्पेयर पार्ट्स जनरल मेनेजर मुकुन्द श्रेष्ठका अनुसार ब्याट्रिको बिक्रि पश्चातको सेवामा बिशेष जोड दिदै बिभिन्न स्कीमहरु छिट्टै लागु गरिदै जानेछ ।

वि.सं.२०७९ साउन ५ बिहीवार १९:०० मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...