back
CTIZAN AD

ग्यासको खपत सीमित गर्ने ईयूको योजनाप्रति ग्रीसद्वारा चासो व्यक्त

वि.सं.२०७९ साउन ६ शुक्रवार

723 

shares

एथेन्स । रूसबाट आपूर्तिमा रोक लगाउन सक्ने अवस्थामा ग्यासको खपतलाई सीमित गर्ने युरोपेली सङ्घ (ईयू)को योजना उचित नभएको ग्रीसले बिहीबार जनाएको छ ।

ग्रीसका सरकारका प्रवक्ता यानिस इकोनोमूले सञ्चारकर्मीसँग गरेको एक संक्षिप्त कुराकानीमा भने, “प्राकृतिक ग्यासको खपतमा १५ प्रतिशत कटौती गर्ने (ईयू) आयोगको प्रस्तावसँग ग्रीस सरकार सिद्धान्ततः सहमत छैन ।”

यसअघि बुधबार, युरोपेली सङ्घले सदस्य राष्ट्रहरूले जाडोको स्टक सुरक्षित गर्न ग्यासको माग कम गर्न सुझाव दिएको थियो । यसले रूसलाई युक्रेनको आक्रमणमाथि पश्चिमी प्रतिबन्धको बदलामा ‘ब्ल्याकमेल’ र हतियार बनाउने ऊर्जा आपूर्तिको आरोप लगाएको थियो ।

आयातमा पूर्णरूपमा बन्द हुनु वा पूर्वदेखि पश्चिमसम्मको प्रवाहमा तीव्र कमी हुनुले युरोपेली अर्थतन्त्रमा विनाशकारी असर पार्न सक्छ, कारखानाहरू बन्द हुन सक्छन् साथै चिसोमा आवश्यक न्यानोका लागि ग्यास अभाव हुन सक्छ ।

ग्रीसका ऊर्जा मन्त्री कोस्टास स्क्रेकासले स्थानीय रेडियोसँग भने, “हामी यस मापदण्डको अनिवार्य प्रकृति र घोषणा गरिएको सीमाको स्तरसँग पनि सहमत छैनौँ ।”

ग्रीसले ग्यासको प्रयोगलाई सीमित गर्न विभिन्न उपायहरू गरिसकेको कुरा उनले औँल्याए ।

ईयूको योजनाको इटाली, स्पेन, पोर्चुगल, फ्रान्स, माल्टा र साइप्रसले पनि विरोध गरेको स्क्रेकाले बताए ।

नोर्ड स्ट्रीम पाइपलाइनमार्फत जर्मनी र जर्मनीमार्फत युरोपमा महत्वपूर्ण ग्यास आपूर्ति गर्ने रोकिएको मार्गलाई रूसले १० दिनको मर्मतपछि पुनः स्थापित गरेको छ तर क्रेमलिनले यस जाडोमा युरोपमा अझै ऊर्जा सङ्कट उत्पन्न गर्ने वा नगर्ने भन्ने सन्दर्भमा अहिले केही बोलेको छैन ।

ईयूले रूसलाई युक्रेन युद्धका कारण लगाएको आर्थिक प्रतिबन्धसँग रूसले बदला लिने निर्णय गरेमा युरोपमा ग्यास आपूर्ति अभाव हुनेछ ।एएफपी

वि.सं.२०७९ साउन ६ शुक्रवार ०७:२९ मा प्रकाशित

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो लाग्यो 

लन्डन ।  संयुक्त राज्य अमेरिका र इरानबीच भएको शान्ति समझदारी...

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

अमेरिका–इरान समझदारीले जगायो नयाँ आशा, महत्वपूर्ण विषयमा  भने मतभेद कायमै

तेहरान ।  अमेरिका र इरानबीच पछिल्ला तीन महिनादेखि जारी तनाव...

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

मलेसियाको आन्तरिक पर्यटनमा वृद्दि, अर्थतन्त्र वृद्दिमा सहयोग

क्वालालम्पुर ।   मलेसियामा सन् २०२५मा आन्तरिक पर्यटक भ्रमण ११ दशमलव...