back
CTIZAN AD

किसानको लाखौँ रुपैयाँ ठगेर डेरी व्यवसायी सम्पर्कविहीन भएपछि…

वि.सं.२०७९ साउन ६ शुक्रवार

744 

shares

पाँचथर । पाँचथरमा किसानको रकम ठगेर एक डेरी व्यवसायी सम्पर्कविहीन भएका छन् । फिदिम नगरपालिका–३ लालीखर्कमा कनकासुन्दरी डेरी उद्योग सञ्चालन गर्दै आएका जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ ठेगाना बताएका महेन्द्र हमाल सम्पर्कविहीन भएका हुन् । कृषक तथा व्यवसायीलाई लाखौँ रुपैयाँ भुक्तानी दिनुपर्ने उनी बुधबार दिउँसोबाट सम्पर्कविहीन भएका हुन् ।

सदरमुकाम फिदिम जाने भनि हिँडेका हमाल हालसम्म सम्पर्कमा नआएको स्थानीयवासीले बताएका छन् । व्यवसायी हमाल र उनकी श्रीमतीको मोबाइल स्विचअफ गरिएको तथा उनीहरुको डेरी रहेको स्थानमा कोही नभेटिएको भन्दै कृषक तथा व्यवसायीले प्रहरीमा खोजीका लागि निवेदन दिएका छन् ।

हमालले फिदिम नगरपालिका–२, ३, ५, ७, ८, १४, फाल्गुनन्द गाउँपालिका–१, ३, ४ लगायत वडाका सयौँ कृषकको दूध सङ्कलन गरी घ्यु र छुर्पी उत्पादन गर्दै आएका थिए । उत्पादित दुग्ध सामग्री उनले फिदिमको सिदिन डेरी उद्योगमा बिक्री गर्दथे । कृषकबाट सङ्कलन गरेको दूधबाट उत्पादित सामग्री फिदिममा बिक्री गरी रु ६५ लाख कृषकलाई वितरण गर्न भनी लगेपछि उनी फरार भएको सिदिन डेरी उद्योगका सञ्चालक गोपाल रिजाल लगायतले प्रहरी उजुरी दिएका हुन् । हमालले डेरी सञ्चालनका लागि रिजालबाट थप रु १६ लाख, अन्य व्यवसायी तथा कृषकबाट समेत लाखौँ रुपयाँ लिइ हमाल फरार भएको निवेदकले जनाएका छन् ।

व्यवसायी रिजाल, फिदिम–२ का कृषक तिवेन्द्र शर्मा अधिकारी, हमालले सञ्चालन गरेको डेरी उद्योगका कर्मचारी फिदिम–३ का सुरेन्द्र राई लगायतले जिल्ला प्रहरी कार्यालय पाँचथरमा हिँजो निवेदन दिएका हुन् । व्यवसायी हमाल फरार भएको भनी प्रहरीमा निवेदन परेको र खोजी कार्य सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

हमालले गत फागुन १४ गते फिदिम नगरपालिकामा डेरी उद्योग दर्ता गरी व्यवसाय सुरुआत गरेको पाइएको छ । उनले करदाता सेवा कार्यालय फिदिममा व्यवसायको स्थायी लेखा नम्बरसमेत लिएको पाइएको हो । कृषकले उनको खोजी गरी आफूहरुको रकम फिर्ता गराइदिन माग गरेका छन् । फिदिममा व्यवसाय सुरुआत गरेको छोटो समय भए तापनि स्थानीय डेरीमा बिक्री हुनेभन्दा प्रतिलिटर रु पाँच बढी दिने आश्वासन दिइ हमालले यस क्षेत्रमा उत्पादित दूध आफ्नो डेरीमा ल्याउन सफल भएको बुझिएको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १३:४९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...