back
CTIZAN AD

जङ्गली जनावरद्वारा बालीनाली नोक्सान, किसान चिन्तामा

वि.सं.२०७९ साउन ६ शुक्रवार

807 

shares

डोटी । जिल्लामा जङ्गली जनावरले बालीनाली नोक्सानी गर्न थालेका छन् । दुम्सी, बाँदर, बँदेललगायतका जनावरले यहाँका गाउँघरमा किसानले लगाएका बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन् । मकै हुर्किने र घोगा लाग्ने बेलामा जङ्गली जनावरले खाएर तथा भाँचेर नष्ट गर्न थालेपछि किसानलाई समस्या भएको छ ।

जिल्लाका बोगटान फुड्सिल, जोरायल, बर्छैन, कपल्लेकी, रानागाउँ, कुलाउ, जमलकटिया, काफली, बुहारगाउँ, सलेना, गड्सेरा, कलेना, बाझ, कुडासैन, सायल, पूर्वीचौकी, मन्नाकापडीलगायतका स्थानमा जङ्गली जनावरले मकैबाली, कोदो, धान, भटमास, पिडालु, आलुलगायतका बाली तथा तरकारी नष्ट गरेपछि समस्या भएको मन्नाकापडीका प्रकाशबहादुर मन्नीले बताए । उनले भने, “राति आएर जङ्गली जनावरले खेती खाएर नष्ट गर्न थालेका छन्, मार्न पाइँदैन, हामीलाई निकै सास्ती भएको छ ।”

खप्तड राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली जनावरले प्रत्येक वर्ष बालीनाली खाएर नष्ट गर्ने गरेको भए पनि सरकारले क्षतिपूर्ति नदिने गरेको किसानको गुनासो छ । यतिमात्र नभई दिउँसोको समयमा बाँदरले मकैका घोगा खाने तथा बोट भाँचिदिने गरेका कारण किसानलाई झनै समस्या भएको केआइसिंह गाउँपालिकाका काफलीका स्थानीयवासी जहरसिंह खवासले जानकारी दिए ।

 

वि.सं.२०७९ साउन ६ शुक्रवार १३:२४ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...