back
CTIZAN AD

समाजवादी केन्द्र बनाउने प्रयास : सके एकता, नसके मोर्चा

वि.सं.२०७९ साउन ६ शुक्रवार

654 

shares

काठमाडौं । तत्कालीन नेकपाको विघटनपश्चात बनेका विभिन्न पार्टी तथा समूह पुनः एकीकृत हुने कसरतमा जुटेका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानमा रहेका नेताहरु एकीकृत हुने कसरतमा जुटेका हुन् । नेताहरुले सकेसम्म पार्टी एकता नसके संयुक्त मोर्चा बनाउने गृहकार्य गरेका छन् ।

तीन पूर्वप्रधानमन्त्री र तीन पूर्वउप्रधानमन्त्रीसहितका नेताहरू समाजवादी केन्द्र बनाउन सहमतिनजिक पुगेका बताइएको छ । नेकपाकालीन सचिवालयका ५ नेताहरूबीच गत १९ असारमै उक्त सहमति भएको थियो । यसबीच नेताहरु दुईपटकसम्म (असार १९ र साउन ४) छलफलमा जुटिसकेका छन् ।

नेकपाकालीन नेताहरुको छलफलकै बीच जनता समाजवादी पार्टी (जसपा)बाट बाहिरिएका डा. बाबुराम भट्टराई पनि छलफलमा जोडिएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता भट्टराईसँग यसबीचमा तीन पटकसम्म छलफल गरेका छन् । भट्टराई अन्य नेताहरुसँगको बृहत छलफलमा भने सहभागि छैनन् ।

प्रचण्डले भट्टराईलाई माओवादी केन्द्रमा सहभागि हुन आग्रह गर्दै आएका छन् । तर, भट्टराईले पार्टीको नाम फेर्ने सर्त अघि सारेका छन् । भट्टराईसँगको छलफल सँगसँगै प्रचण्डले बेग्लै पार्टी वा मोर्चाको विषयमा छलफल चलाइरहेका छन् ।

एकीकृत समाजवादीका नेता झलनाथ खनाले बताएअनुसार अहिले नेताहरुबीच मुख्यतः दुई विकल्पमा छलफल चलिरहेको छ । उनका अनुसार पहिलो पहिलो मोर्चा बनाउने र दोस्रो पार्टी एकता नै गर्ने । पार्टी एकता गर्न सक्ने अवस्था नभएर मोर्चा बनाएर भएपनि जानुपर्ने छलफल नेताहरुबीच चलेको छ ।

मुख्य दुई विकल्पमा छलफल

बताइएअनुसार पार्टी एकता गर्ने विषयमा नेकपाकालिन दलहरुबीच सहज हुनसक्ने कोणबाट छलफल चलेको छ भने मोर्चा बनाउने विषयमा जसपा, राष्ट्रिय जनमोर्चा र बाबुराम नेतृत्वको जसपालाई पनि समेट्ने विषयमा छलफल भइरहेको छ ।

विशेषगरी माओवादी केन्द्रभित्र पार्टी एकताभन्दा मोर्चा बनाउनुपर्ने विषयमा नेताहरु सहमत देखिन्छन् । पार्टी एकता गर्दा तत्कालिन नेकपाको हाल हुनसक्ने चिन्ता देखिएको छ । माओवादीका एक नेताका अनुसार प्रचण्डलाई मोर्चा बनाउने विषयमा धेरै नेताको सुझाब छ ।

तर, नेताहरुबीच चुनाव अघि नै मोर्चा वा एकताबारे निर्णय हुनुपर्ने दबाब पनि छ । नेपाली कांग्रेससँग चुनावी गठबन्धन गर्ने तयारी भइरहेको बेला पार्टी एकता वा मोर्चा बनाएर बारगेनिङ्ग पावर बलियो हुने उनीहरुको बुझाई छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १३:०७ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...