back
CTIZAN AD

संघीयताको विरोध होइन, बरु पुनरावलोकन गरौं

वि.सं.२०७९ साउन ६ शुक्रवार

897 

shares

मुलुकमा संघीयता कार्यान्वयनको ५ वर्ष पुरा हुँदै गर्दा केही परिवर्तन विरोधी शक्तिहरु र स्वघोषित बुद्धिजिवीहरुले स्याल हुइँया मच्याइ रहेका छन् । नेपालमा संघीयता असफल भयो एकात्मक व्यवस्था तिर जानुपर्दछ भन्ने तर्क गरिरहेका छन् । संघीयता घाँडो भयो भनेर चिच्याइरहेका छन् । अर्कोतिर ठूलो बलिदानीपूर्ण लडाईबाट प्राप्त संघीय गणतन्त्र स्थापना भएपछि संघीयताका असली हकदारले शासन व्यवस्थाको मूल नेतृत्व लिन सकेनन् । त्यसको विपरित यसको मर्म नबुझ्ने संघीयता विरोधी नेतृत्व सत्तामा पुग्दा यसलाई बदनाम गराउने र असफल बनाएर यो अग्रगामी परिवर्तनलाई उल्ट्याउने दाउमा कम्मर कसेर लागेका छन् । अर्काथरी संघीयताका पक्षधरहरु टुटफुट र विभाजित हुँदै तत्कालीन फाइदाको झिङ्खे दाउमा रमाइरहँदा जनतामा काफी भ्रम उत्पन्न भएको छ । यस्तो अवस्थामा इमान्दार संघीयताका पक्षधरहरुले भ्रमहरुलाई चिर्दै निरन्तर र अग्रगामी यात्रा जारी राखिरहनु पर्दछ ।

सानो जनसंख्या भएको स्विट्जरल्याण्ड जहाँ १ करोड भन्दा पनि कम जनसंख्या भएको देशमा २६ प्रदेशहरु छन् तर स्विट्जरल्याण्डमा कुसलतापूर्वक संघीयता चलेकै छ । भारतमा पनि सफलतापूवर्क नै चलेको छ । हाम्रोमा नचल्ने भन्ने प्रश्नै हुँदैन । मुख्य कुरा त हामीले कहाँ कहाँ सुधार गर्नु प¥यो यतातिर ध्यान दिन जरुरी छ ।

संघीयता भनेको प्रशासनिक विकेन्द्रीकरण मात्र होइन, यो शासन सत्ता बाँडफाँड पनि हो । संघीयता भनेको शासन सत्ताको तल्लो इकाई सम्मको बाँडफाँड पनि हो, जनतालाई आफ्नो घर आँगनसम्म डेलिभरी दिनु नै संघीयताको मर्म हो ।

केही मान्छेहरुले संघीयता महँगो भयो भन्दै जनतामा भ्रम दिइरहेका छन् । हामीले हिजोका पुराना व्यवस्थालाई नियालेर हेरौँ चौध अञ्चल थिए । ७५ जिल्ला विकास थियो । पाँच विकास क्षेत्रहरु थिए । तत्कालीन शाषकहरुले जनतालाई ठूलो शोषण गरेर जनतालाई सेवा सुविधा दिन सकेनन । त्यस कारण त्यो व्यवस्थालाई जनताले फालेका थिए । विकेन्द्रीकरणको सिद्धान्त अनुसार काम गर्न नसक्दा मिल्काइएको व्यवस्था फेरि पुरानै ठिक थियो भन्नु पछाडि फर्कनु हो । हामीले संघीयतालाई साध्य ठान्नु हुँदैन । यो त एउटा साधन मात्र हो । साध्य भनेको शुसासन, विकास र समृद्धि हो । शान्ति हो, यी साध्य पुरा गर्न हामीले संघीयताको साधन प्रयोग गरेको मात्र हो ।

संघीयता विरोधीहरु सत्ताको मुख्य बागडोरमा पुग्दा यिनीहरुले नै संघीयताको कार्यान्वयनको तरिका गलत ढंगले प्रयोग गर्दैछन् । तथापी संघीयतालाई सफल बनाउन केही संरचनागत त्रुटीहरुलाई सच्याउन भने जरुरी छ । जुन यी हुन सक्छन् :-

१. हाम्रो संविधानले प्रदेश तहमा संसद संख्याको २० प्रतिशतसम्मको मन्त्रीमण्डल बनाउने भनेको छ । यसलाई १० प्रतिशतमा झार्नुपर्दछ । प्रदेश वा संघको संसद संख्या पनि घटाउन जरुरी छ । कर्मचारी संयन्त्रमा पनि सुधार ल्याउन आवश्यक छ । यसो गर्दा प्रदेशमा व्ययभार कम हुन जान्छ ।

२. प्रदेश सरकारको मातहातमा स्थानीय तह रहनु पर्दछ । स्थानीयत तहमा पनि भारीभक्रम विभागहरु छन् तिनीहरुलाई घटाएर चुस्त दुरुस्त बनाउन जरुरी हुन्छ । शासन व्यवस्था जस्तोसुकै भएपनि जबसम्म हामीले शासकहरु कस्ता भए, संविधानको पालकहरु कस्ता भए, कार्यान्वयन कस्तो भयो भन्ने कुरामा ध्यान दिन जरुरी देखिन्छ ।

३. हामीले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्खिक विभेदहरु हटाउन व्यवस्था परिवर्तन गरेका हौँ । अर्कातिर संघमा हाम्रो २७५ संघीय संसद छ यसलाई पनि पुनरावलोकन गर्दै अहिले रहेको १६५ प्रत्यक्ष निर्वाचन क्षेत्रमा सिमित गर्दै सबै वर्ग, जाती, क्षेत्र र लिङ्खको समानुपातिक प्रणाली अनुसार प्रतिस्पर्धा गराउने र महिलाले महिलासँग प्रतिस्पर्धा गर्ने, दलित जनजातीले आ–आफ्नो क्षेत्रमा प्रतिस्पर्धा गराउने प्रणाली विकास गर्न सक्यौ भने खर्च कम गर्न सक्छौँ । मन्त्रालय घटाउने, विभागहरु घटाउने र सेना तथा प्रहरीको संख्या पनि घटाउनै पर्दछ ।

शासन सत्तामा साढे ३ वर्ष के.पी ओलीले बिताए । बाँकी समय शेरबहादुर देउवाले बिताउँदै छन् । तर निजामति कानुन नल्याउँदा कर्मचारी सिंहदरबारमा थुप्रने र उनीहरुलाई काम दिन नसक्दा राज्य ठूलो घाटामा छ । यसकारण कर्मचारीतन्त्रमा पुर्नसंरचना नहुँदा राज्यले ठूलो व्ययभार बढाएको छ । ठूलो जनसंख्या भएको भारत र सानो जनसंख्या भएको स्विट्जरल्याण्ड जहाँ १ करोड भन्दा पनि कम जनसंख्या भएको देशमा २६ प्रदेशहरु छन् तर स्विट्जरल्याण्डमा कुसलतापूर्वक संघीयता चलेकै छ । भारतमा पनि सफलतापूवर्क नै चलेको छ । हाम्रोमा नचल्ने भन्ने प्रश्नै हुँदैन । मुख्य कुरा त हामीले कहाँ कहाँ सुधार गर्नु प¥यो यतातिर ध्यान दिन जरुरी छ ।

माथिका केही विषयहरु सच्याउन सके मात्रै पनि मुलुकले जनतालाई दैनिक डेलिभरी दिन सक्छ र मुलुक समृद्धिको बाटोमा अघि बढ्ने छ । आगामी दिनमा संघीयता विरोधीशक्तिलाई शासन सत्ताको मुख्य बागडोर नदिन यस्ता तत्व देखि सावधान रहँदै भर्खर संघीयताको कार्यान्वयको ५ वर्षमा पुगेको बच्चालाई राम्रो सँग हेरचाह गरौँ र हुर्काउन सबैतिरबाट पहल गरौँ ।

(लेखक बस्याल, संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेशको उपाध्यक्ष हुन् । )

वि.सं.२०७९ साउन ६ शुक्रवार १२:५३ मा प्रकाशित

कृषि नीति असफलताको कारण र सुधारको बाटो

कृषि नीति असफलताको कारण र सुधारको बाटो

​ हाम्रो अवस्था र परनिर्भरताको विडम्बना ​नेपालको संविधान, राष्ट्रिय दीर्घकालीन...

खाली सिलिण्डर र भोका सपनाहरु

खाली सिलिण्डर र भोका सपनाहरु

आमाले बिदाइका बेला आँखाभरि आँसु पार्दै भनेकी थिइन्- “छोरी, दुःख...

गरिबको भान्सामा महँगीको मार

गरिबको भान्सामा महँगीको मार

नेपालमा हालको भान्साको अर्थराजनीति आयातित वस्तुमाथिको परनिर्भरता, कमजोर बजार अनुगमन...

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

के धार्मिक गतिविधिले समृद्धि वा गरिबी निर्धारण गर्छ?

धार्मिक गतिविधि, आर्थिक विकास र सामाजिक चेतनाको तथ्यपरक विश्लेषण विश्वका...

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

पशुपालन ब्यबसायमा उत्पादन लागत घटाऊने सजिलो प्रबिधि साइलेज

नेपालमा पशुपालनको विद्यमान अबस्था नेपालको ग्रामीण अर्थतन्त्रको मुख्य आधार स्तम्भका...

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जको झडपः भूराजनीतिक खेलको प्रहसन

कप्तानगञ्जमा हिन्दु र मुस्लिम समुदायको बीच झण्डा हटाउने विषयमा शुरू...