back
CTIZAN AD

बाटोमै सुत्करी भएकी मुगुकी जौकलाले आर्थिक अभावमा पेटभरी खान समेत पाइनन्

वि.सं.२०७९ साउन ७ शनिवार

717 

shares

मुगु । मुगुका एक दृष्टीबिहिन ५६ बर्षिय कल्से नेपालीलाई आफ्नै सुत्केरी श्रीमती जौकलालाई स्याहार सुसार गर्न सकस छ ।

४१ बर्षिय श्रीमति जैकला नेपालीले शुक्रबार बाटोमै सुत्केरी भएपछि पोसिलो खानाको जोहो गर्न गाह्रो भएको छ । खत्याड गाउँपालिका–३ रोल स्थायी घर भई १८ बर्ष गमगढी क्याम्पस रोडमा डेरा गरि बस्दै आएका दृष्टीबीहिन कल्से यतिबेला सुत्केरी श्रीमतीको पीरले भौतारिरहेका छन् ।

एकातिर चरम गरिवी र अर्कोतिर दृष्टीबिहीन कल्सेको कोठामा नत खाने एक माना चामल छ नत खल्तीमा दुई पैसा दाम छ । दिनदिनै श्रीमतीको सहारामा कार्यालय पसलको ढोका चहार्दै हात थापेर परिवार पाल्दै आएका उनी हिजो–आज श्रीमती सुत्केरी हुँदा बाहिर डुलेर माग्न पनि समस्या परेको छ ।

कल्सेले दुखेसो पोख्दै भने–घरमा न एक माना चामल छ नत ५ पैसा दाम छ कसरी सुत्केरी श्रीमती पालु । पहिले श्रीमतिले डोरयाएर बजारमा गएर मागेर खान्थ्यौ’, कल्से भन्छन्, ‘अहिले श्रीमती सुत्केरी भएपछि गाँस जुटाउन गाह्रो भयो । कल्सेले भने सुत्केरीलाई तेल तोरी मासु भात त के कुरा पेटभरी सुक्खा रोटी खुवाउन नसक्ने अबस्था आयो ।

सुत्करी जौकला भोकै
श्रीमान आँखा नदेख्ने र सुत्केरी भएकी श्रीमतीले हिँडडुल गर्न नसक्ने भएपछि कल्सेको परिवार भोकै बस्नुपर्ने बाध्यता आइलागेको छ । सुत्केरी जौकला भोकै बस्नुपर्ने अबस्था आएको कल्सेले रुदै भने –आफन्त कोही छैन के खुवाएर बचाउँ अनि बाँचौं ?’ छिमेकीले दिएको मानाचामल एक मुठी पकाएर कल्सेकी श्रीमती भोक टार्न बाध्य छन् ।

सडकमै सुत्केरी
दृष्टीबिहीन कल्से नेपालीकी श्रीमती जौकला शुक्रबार सडकमै सुत्केरी भएकी हुन् । बिहिबार राति सुत्केरी ब्यथाले च्यापेको र जिल्ला अस्पताल लैजाने कोही सहयोगी नपाएपछि शुक्रबार बिहानै श्रीमान–श्रीमतिले एक अर्काको हात समातेर हिडेरै अस्पताल जान खोज्दा गमगढी अदालत चोक (सडक)मै बच्चा खसालेको स्थानीयले देखेर नजिकै राजबहादुर मल्लको घर भँुइतलामा लगेर राखेका छन् ।

‘सडकमै सुत्केरी भएपछि समातेर मेरो घरको भुइतलाको कोठामा राखेर बच्चा र आमाको स्याहार सुसार तथा बगेको रगत सफा गर्ने काम गर्यौ ।’ अनमी सृजना खत्रीले भनिन् । अस्पताल लैजान मान्छे नपाएर जौकलाले सडकमै सुत्केरी हुनुपर्ने अबस्था आएको खत्री बताउँछिन् ।
छोराको आसले छोरी
जौकलाको पहिलो गर्भ तुहिएको थियो भने दोश्रोपटक छोरा जन्मिएपछि एकमहिना नपुग्दै बान्ता भएर मृत्यु भएको थियो । तेश्रोपटक छोरी जन्माएकी थिइन् । छोरी अहिले ६ बर्षकी छन् । चौथो पनि छोरीनै जन्मिएपछि छोराको आसमा जौकलाले पुन एकबर्ष नपुग्दै पाँचौपटक सडकमै छोरी जन्माइन् । ‘पहिलो जन्मिएको छोरा बाँचेन फेरि छोरा भइहाल्छकी भनेको चारवटी छोरी मात्रै जन्मिए ।’ कल्सेले गुनासो गरे । ‘बाँचेकी छोरीलाई कसले पढाउने के खुवाउने कपाडा कसले दिने मलाई धेरै संकट उत्पन्न भयो ।’ उनले भने ।

मिठो स्वर दुःखीकर्म
कल्से नेपाली सानो उमेरदेखि नै देउडा गायकका पारखी हुन् । अर्काको सहारामा सभा सम्मेलन कुनै कार्यक्रममा गएर मिठो भाका देउडा गीत गाएर सबैलाई दंग पार्ने गरेका छन् । १६ बर्षको उमेरमै दुबै आँखा बन्द हुँदा कल्सेलाई संसार कस्तो छ भन्ने थाहा छैन । कल्सेको स्वरले सबैलाई रिझाउने गरेको छ ।

सरकारी कार्यालय गैसस निकायले देउडा भाकामा बिज्ञापन गर्न लगाएर उनको स्वरको मूल्य दिने गरेका छन् । ‘मलाई भगवानले देउडा गीत गाउने भाग दिएछ,’ कल्सेले भने, ‘यहि गीतबाटै जोइ छोरी म पालिएका छौ ।’

वि.सं.२०७९ साउन ७ शनिवार १७:४२ मा प्रकाशित

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

पालिकाद्धारा बीस विद्यालयलाई ल्यापटप वितरण

सिमकोट (हुम्ला) । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले आफ्ना मातहतमा...

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

हुम्ला र बाजुरा सीमा विवादबारे जाँचबुझ गर्न गृहको टोली हुम्लामा

सिमकोट (हुम्ला) । हुम्ला र बाजुराको सीमा क्षेत्र लाम्पाटामा भएको...