काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर रहेको छ ।
आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि देशको केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आगामी ३ दिनसम्म प्रमुख नदीहरू कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुको बहाव सामान्य बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने पूर्वानुमान रहेको छ भने झापा, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, गोरखा, लमजुङ, रुकुम पश्चिम, जाजरकोट र दैलेख भइ बहने नदीहरुको बहाव बढ्ने र केहीमा बाढी समेत आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार ०९:०८ मा प्रकाशित






























