back
CTIZAN AD

डा. कृष्ण शर्मा बुद्धिजीवी संगठनको संयोजकमा निर्वाचित

वि.सं.२०७९ साउन ८ आइतवार

984 

shares

भैरहवा । नेपाल बुद्धिजीवी संगठन, जिल्ला समन्वय समितिको रुपन्देहीको भेलाले डा. कृष्ण शर्मालाई संयोजकमा निर्वाचित गरेको छ ।
शनिबार भैरहवा बहुमुखी क्याम्पसमा लोक शर्मा बस्यालको अध्यक्षतामा सम्पन्न भेलाले शर्माको संयोजकत्वमा ५१ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

समितिको सहसंयोजक प्रदिपकुमार पाण्डे, सदस्यहरुमा मदनकुमार पुन, कुमारी लक्ष्मी शर्मा, हिमलाल भुर्तेल, लेखनाथ खनाल, शैलेन्द्रकुमार त्रिपाठी, कौशलराज गौतम, पार्वती अधिकारी, कृष्णबहादुर क्षेत्री, मधु ढकाल, लक्ष्मी नेपाल, मकबुल अहमद, ओम शाहनी लगायत रहेका छन् ।

त्यसैगरी भेलाले अनिलकुमार झाको नेतृत्वमा डा. शारदा पौडेल, मुकुन्दराज पोख्रेल, मेघराज आचार्य, दुर्गादत्त शर्मा, गणेश पाण्डे रहेको सल्लाहकार समिति पनि बनाएको छ ।

भेलामा नेकपा माओवादी केन्द्र, रुपन्देहीका संयोजक नारायण जि.सी (निर्मल) प्रमुख अतिथि रहेका थिए भने विशिष्ट अतिथिहरुमा संगठनका लुम्बिनी प्रदेश इन्चार्ज तथा वरिष्ठ अधिवक्ता लिलाधर मरासिनी, भैरहवा बहुमुखी क्याम्पसका प्रमुख अनिलकुमार झा तथा अन्य अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन इन्द्रबहादुर विश्वकर्मा र स्वागत केशव बेल्बासेले गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि जि.सी. ले बुद्धिजीवीले देशको मार्ग चित्र कोर्न विगतमा अहम भुमिका खेलेको र अहिले परिवर्तनका उपलब्धि जोगाउन भूमिका खेल्नुपर्ने बताएका थिए ।

रुपन्देहीका सबै स्थानीय तहबाट प्रतिनिधित्व भएको सो भेलालगत्तै पालिका स्तरीय भेला आयोजना गर्ने तथा लुम्बिनी प्रदेशका अन्य जिल्लामा संगठन अभियान अघि बढाइने संगठनका केन्द्रीय सदस्य तथा कार्यक्रमका अध्यक्ष लोक शर्मा बस्यालले बताएका छन् ।

वि.सं.२०७९ साउन ८ आइतवार ११:४० मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...