काठमाडौं । विदेशमा बस्ने नेपालीका लागि प्रत्येक वर्ष जेठ–असारको बिचमा नेपाल राष्ट्र बैंकले निष्कासन गर्ने बचतपत्र १३ वर्षमा ६३ करोड ९३ लाख रुपैयाँको विक्रि भएको पाइएको छ ।
सरकारको यो वर्षसम्म १३ अर्ब ८ करोड ७९ लाखको बचतपत्र विक्रि गर्ने लक्ष्य राखेपनि त्यो प्रभावकारी नभएको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ ।
विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उदेश्यले नेपाल सरकारले २०६६/६७ देखि बैदेशिक रोजगार बचतपत्रको योजना ल्याएको त र यो वर्षसम्ममा १३ अर्ब ८ करोड ७९ लाख बचतपत्रबाट स्रोत संकलन गर्ने रहेकोमा रु ६३ करोड ९३ लाख मात्र संकलन भएको छ ।’ महालेखाको प्रतिवेदनमा उल्लेखछ ।
सरकारले घोषणा गरेको लक्ष्यको तुलनामा ४.८८ प्रतिशतमात्र बचत रकम संकलन भएको घोषित कार्यक्रमको प्रभावकारी कार्यान्वयन नभएको महालेखाको प्रतिवेदनले औल्याएको छ ।
‘बचत रकममा प्रदान गरिने प्रतिफलललाई समय सापेक्ष बनाई विप्रेषणको परिचालन गर्नुपर्दछ ।’ उक्त प्रतिवेदनमा उल्लेखछ ।
वि.सं.२०७९ साउन ८ आइतवार ११:३६ मा प्रकाशित






























