back
CTIZAN AD

आइएमई मोटर्सद्वारा विपद् सामुहिक उद्वारका सामग्री हस्तान्तरण

वि.सं.२०७९ साउन ८ आइतवार

771 

shares

काठमाडौं । आइएमई मोटर्स कम्पनीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालयको संयूक्त आयोजनामा आयोजित एक कार्यक्रमकावीच आइएमई ग्रुपका अध्यक्ष एवम नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले अत्याधुनिक ८ वटा भेहिकल गृहमन्त्री बालकृष्ण खाँणलाई हस्तान्तरण गरेका हुन् ।

मन्त्री खाँणले अत्याधुनिक उक्त  भेहिकल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई पुनः हस्तान्तरण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले नेपालको निजी क्षेत्रबाट भइरहेका प्रयासको स्मरण गर्दै विपद्बाट बच्न विपद् हुनु अघि बाटै आवश्यक उपकरणहरु जुटाउन आवश्यक रहेको बताएका छन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका अध्यक्ष ढकालले नेपालको विपद् उद्धार प्रणालीमा यस प्रकारको पहिलो भेहिकल रहेको उल्लेख गर्दै मानिसहरूको जीवन बचाउन, ठूला घटनामा उद्धार गर्न, ठूला दुर्घटनामा हुने जनधनको क्षतिलाई कमगर्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

कम्पनीका अनुसार अत्याधुनिक भेहिकलमा एकैपटकमा ६ जनालाई अस्पतालको सुविधासहित उद्वार गर्न सकिने छ । यसमा रहेको उपकरणले यसलाई मिनी अस्पताल नै बनाएको छ । भेहिकलहरूमा मिनी–अस्पताल प्रकारका उपकरणहरू रहेको कम्पनीले जनाएको छ । त्यहाँ जीवन बचाउने आधुनिक उपकरणहरू महत्वपूर्ण हेरचाह सुविधाहरू छन् । साथै यी ठूला एम्बुलेन्समा पोर्टेबल भेन्टिलेटर, बिरामी निगरानी मेसिन, सिरिन्जपम्प, इन्फ्युजनपम्प, अक्सिजन कन्सेन्ट्रेटर, ईसीजी मेसिन, अल्ट्रासाउन्ड मेसिन, सीसीटीभी क्यामेरा रहेको कम्पनीले जनाएको छ ।

उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र गृह सचिव टेकनारायण पाण्डेलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

वि.सं.२०७९ साउन ८ आइतवार ११:११ मा प्रकाशित

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ ।...

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...