back
CTIZAN AD

चितवनका बुद्धिजीवीहरुको संयोजकमा प्रा.डा आई.पी ढकाल, सबै पालिकामा बुद्धिजीवीहरुको भेला हुँदै

वि.सं.२०७९ साउन ८ आइतवार

987 

shares

भरतपुर । चितवनका बुद्धिजीवीहरुको भेलाले प्रा. डा. आई. पी ढकालको संयोजकत्वमा जिल्ला समन्वय समिति निर्माण गरेको छ ।

चितवनका सातवटै पालिकाका बुद्धिजीवीहरुको भेलाका बीच प्रमुख अतिथि मेयर रेणु दाहाल, विशिष्ठ अतिथि संगठनका केन्द्रीय संयोजक कृष्ण केसी र नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारी लगायतको उपस्थितिमा भएको भेलाले ५१ सदस्यीय चितवन जिल्ला समन्वय समिति निर्माण भएको हो ।

नेपाल बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य विनोदखण्ड तिमिल्सीनाका अनुसार साउन ७ गते भएका बेग्लाबेग्लै भेलाले चितवनका रत्ननगर, खैरेनी र राप्ति नगरपालिकामा संगठनको नेतृत्व चयन भएको छ ।

गोकुलप्रसाद भट्टको अध्यक्षता र नेकपा माओवादी केन्द्र रत्ननगर ईन्चार्ज सुवोधको प्रमुख आतिथ्यतामा रत्ननगरको नेपाल माविमा सम्पन्न भेलाले गोबिन्द खनालको अध्यक्षतामा ३१ सदस्यीय रत्ननगर नगर समितिकाे कार्यसमिति चयन गरेको छ ।

नेकपा माओवादी केन्द्र रत्ननगरका अध्यक्ष श्याम वराल तथा संगठनका केन्द्रीय केन्द्रीय सदस्य विनोद खण्ड तिमिल्सिनाको विशिष्ट आतिथ्यतामा सम्पन्न सो भेलामा बागमती प्रदेश उपाध्यक्ष प्रा.डा प्रेमसागर भण्डारी, सदस्यहरु केदार वराल, गोकर्ण सापकोटा, इश्वरचन्द्र पौड्याल जिल्ला संयोजक प्रा.डा. आइ. पी ढकाल, पार्टीका रत्ननगर अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।

विभिन्न पेशा र तहका बुद्धिजीवीहरुको बृहत उपस्थितिका बीच नवीनचन्द्र भट्टराईले संचालन गरेको सो भेलामा उपस्थित वुद्धिजिविहरुबाट मन्तव्य राख्दै राजनीतिक विश्लेषण र समीक्षासहित संगठन विकास र विस्तारमा फलदायी छलफल भएको जनाईएको छ ।

सो संगठनको रत्ननगरको अध्यक्ष गोविन्द खनाल, उपाध्यक्ष गोकर्ण ढकाल, भुवनसिंह थापा र टीकाप्रसाद ढकाल चयन भएका छन् । त्यस्तै सचिवमा कृष्ण प्रसाद पराजुली, सहसचिवमा टंक खनाल, देवेन्द्र वि.क एवम् डिल्लिराम पोख्रेल र कोषाध्यक्षमा राधिका तिमिल्सिना लगायत रहेका छन् ।

यसैगरी नेपाल वुद्धिजीवी संगठन खैरहनि र राप्ती पालिकाको प्रथम भेला खैरहनिको पर्सा बजारस्थित नेकपा माओवादी केन्द्रको पार्टी कार्यालयमा सम्पन्न गरिएको छ ।

ईश्वरचन्द्र पौडेलको अध्यक्षता र केन्द्रीय सदस्य विनोदखण्ड तिमिल्सिनाको प्रमुख आतिथ्यता रहेको सो भेलामा विशिष्ट अतिथिमा वागमति प्रदेशका उपाध्यक्ष डा. प्रेमसागर भण्डारी, नेकपा माओवादी केन्द्र खैरहनिका अध्यक्ष रामेश्वर पोख्रेल रहेका थिए भने अतिथिमा केदार वराल, गोकर्ण सापकोटा, गोकुलप्रसाद भट्ट, जिल्ला संयोजक प्रा.डा.आइ. पी. ढकाल लगायत पार्टीका खैरहनि र राप्तिका नेता गणको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन योगेन्द्र विक्रम न्यौपानेले गरेका थिए ।

खैरहनि नगर समितिको अध्यक्षमा विष्णु सिलवाल चयन गरिएका छन् । ३१ सदस्यीय सो समितिको उपाध्यक्षद्वयमा पदम भेटवाल र रामेश्वर चौधरी रहेका छन् भने एक उपाध्यक्ष पद पछि पूर्ति गरिने जनाइएको छ । त्यसैगरी सचिवमा कृष्ण अर्याल, सहसचिवमा कृष्ण शर्मा, कुमार सुयल र तेज पाण्डे रहेका छन् भने कोषाध्यक्षमा अमित रामदाम लगायत चयन गरिएका छन् ।

त्यसैगरी राप्ती नगरसमितिको अध्यक्षमा दीपक गौतम र सदस्यहरुमा साधुराम दनै, रोहित कुमार दाहाल, श्यामसुन्दर आचार्य, राजेन्द्र तिमिल्सेना, दुर्गा दाहाल लगायत रहेका छन् ।

यसअघि भरतपुर महानगरको अध्यक्षमा प्रमोद तिवारीसहितको ५१ सदस्यीय कार्यसमिति निर्माण भएको छ भने कालिका नगरपालिकामा भिमप्रसाद अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय समिति बनाइएको छ ।

इच्छाकामना नगरपालिकामा साउन १४ गते दिउँसो ११ बजे र र २१ गते दिउँसो ११ बजे माडी नगरपालिकामा पालिका स्तरिय भेलाबाट समिति निर्माण गर्ने योजना रहेको केन्द्रीय सदस्य तिमिल्सिनाले जानकारी दिएका छन् ।

 

वि.सं.२०७९ साउन ८ आइतवार १०:४९ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...