back
CTIZAN AD

धान्नै नसक्ने आयात भएको भन्दै मुलुक बचाउन उद्योगीहरुलाई प्रधानमन्त्रीको आग्रह

वि.सं.२०७९ साउन ९ सोमवार

681 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निरन्तर भइरहेको अधिक आयात सन्दर्भमा गम्भिर चिन्ता प्रकट गरेका छन् । नेपाल उद्योग परिसंघको १९औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशले धान्नै नसक्ने आयात भएको भन्दै उद्योगीहरुलाई मुलुक बचाउन तर्फ लाग्न अनुरोध गरेका हुन् ।

‘देशले धान्नै नसक्ने आयात भयो, नाफा मात्रै नहेरेर मुलुक बचाउनतर्फ लाग्नुस्,’ प्रधानमन्त्री देउवाले भने । समग्र आर्थिक विकासका लागि परिसंघले महत्वपूर्ण काम गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले मेकइन स्वदेशी अभियान लगायतका कार्यक्रमले रोजगारी सिर्जनाका लागि महत्वपूर्ण काम गरेको उल्लेख गरे ।

‘कोरोनाले अर्थतन्त्रमा चाप परेको छ, मुलुकले धान्नै नसक्ने व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिको चाप छ, अब यसको सुधारका लागि सरकार र निजी क्षेत्रबीच समन्वय आवश्यक छ,’ उनले बताए । साथै, उनले महंगो वस्तु आयात नगरी स्वदेशी वस्तु प्रगोग र उत्पादन गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।

‘महँगो वस्तु आयात गर्नु हुँदैन, स्वदेशी वस्तु प्रयोग र उत्पादन गर्नु पर्ने आवश्यकता रहेको छ, विदेशी कच्चा पदार्थमा आधारित उद्योगको विकास, विदेशी मुद्रा आर्जन गर्न व्यवसाय गर्नु पर्ने, रेमिट्यान्स आप्रवाहलाई औपचारिक माध्यमबाट ल्याउनु पर्ने र पेट्रोलियम पदार्थको प्रयोग कम गर्नु पर्ने देखिन्छ,’ उनले भने ।

नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान अत्यन्त महत्वपूर्ण रहेको मुलुकको कुल ग्राहस्थ उत्पादन र कुल रोजगारी सिर्जनामा निजी क्षेत्रको अग्रणी भूमिका रहेको प्रधानमन्त्री देउवाको भनाइ छ । उनले आगामी दिनमा सो योगदानलाई अझ फराकिलो, खँदिलो, समन्यायिक, सन्तुलित र दिगो बनाउन उनले उद्योगीहरुलाई अनुरोध गरे ।

‘बढ्दो उपभोगसँगै मुलुकले धान्न नसक्ने गरी बढिरहेको व्यापार घाटा, विदेशी मुद्राको घट्दो सञ्चिति, सुस्त बन्दै गइरहेको उत्पादनमूलक क्षेत्र, घट्दो कृषि उत्पादन र उत्पादकत्व, बढ्दो बेरोजगारी आदिका कारण मुलुकको अर्थतन्त्रलाई थप बिग्रन नदिन हामीले बुद्धिमत्तापूर्ण ढंगले हाम्रा वित्त तथा मौद्रिक नीतिलाई कार्यान्वयन गर्नुपर्ने खाँचो छ,’ प्रधानमन्त्री देउवाले भने । यसका लागि सरकार र निजी क्षेत्र दुबैले एक आपसमा संवाद र सहकार्य गरेर अर्थतन्त्रको चुनौतीलाई सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

उनले अर्थतन्त्रको सुदृढीकरणका लागि उद्यमी व्यवसायीहरूले विदेशमा उत्पादित महँगा र विलासी वस्तुहरू स्वेदशमा आयात गर्न र उपभोग बढाउनतिर मात्र नलागेर स्वदेशमै उत्पादन सम्भव भएका वस्तु तथा सेवाहरूको उत्पादन वृद्धि र तिनको बजारीकरण गर्दै आयात प्रतिस्थापनमा सहयोग पु¥याउन सो क्षेत्रमा लगानी केन्द्रीत गर्न आग्रह गरेका छन् । साथै, विदेशी कच्चा पदार्थमा आधारित कम मूल्य अभिवृद्धि हुने प्रशोधन उद्योगभन्दा मुलुककै कृषि, वन तथा खानी क्षेत्रका कच्चा पदार्थहरूमा आधारित उद्योगधन्दाको विकास गरी स्वदेशमै आय र रोजगारी प्रवद्र्धन हुने गरी आफ्ना आर्थिक क्रियाकलापहरूलाई अघि बढाउन आवश्यक रहेको कुरामा प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई जोड दिएका छन् ।

नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको मौद्रिक नीति सरकारले ल्याएकोे बजेट कार्यान्वयनमा सहयोग पु¥याउने गरी आएको उनको भनाइ छ ।

मौद्रिक नीतिमार्फत् मुलुकमा कृषि क्षेत्र, उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासका लागि सकारात्मक योगदान पुग्ने अपेक्षा लिइएको उनले बताए ।

‘उक्त नीतिले व्यवस्था गरेका सहुलियतपूर्ण व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा निकासीजन्य उद्योगको विकासमा लाग्न म निजी क्षेत्रका साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु,’ उनले भने ।

वि.सं.२०७९ साउन ९ सोमवार ०७:३४ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...