back
CTIZAN AD

डिएचआइ इलेक्ट्रोनिक्सले ल्यायो बजारमा बिभिन्न ब्रान्डका उपकरण

वि.सं.२०७९ साउन ९ सोमवार

672 

shares

काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरुको माग तथा आवश्यकतालाई मध्यनजर गर्दै डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु अनावरण गरेको छ ।

आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी डिएचआइ ब्रान्डका बिभिन्न उत्पादनहरु प्रदर्शन गरिएको हो । जसमा डिएचआइका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर, इन्डक्सन चुलो, राइस कुकर, एयर कुलर, किचन चिम्नी, भ्याकुम क्लिनर र चेस्ट फ्रीजर लगायतका अन्य घरेलु उपकरणहरु राखिएको थियो ।

डिएचआइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्डका घरायसी उपकरणहरुले भान्सामा र घरमा ग्राहकहरुलाई सहजता र चुस्तता प्रदान गर्ने दाबी गरेको छ । विशेष गरी महिलाहरुले आफ्नो रुची, करियर वा परिवारसंग बिताउनका लागि थप समय र उर्जा प्राप्त गर्ने बताइएको छ ।

देशमा पेट्रोलियम पद्धार्थको आयतले व्यापार घाटालाई थप चुनौतीपूर्ण बनाइरहेको स्थितिमा आफ्नै देशको उर्जा खपत गरी अर्थतन्त्रमा पर्न जाने आर्थिक भार कम गर्न पनि डि एच आइ का उर्जा कुशल विद्युतीय उपकरणहरुले महत्चपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

त्यसबाहेक, डि एच आइ ब्रान्डका नयाँ उत्पादनहरुले प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरि बजारको मागलाई सम्बोधन गर्न मदत गर्नेछ ।

डिएचआइका प्रमुख कार्यकारी अधिकृत केशवकान्त पौडेलले भने, ‘डिएचआइ होम एप्लायन्स का नवीनतम प्रविधि र उत्कृष्ट गुणस्तरका उत्पादनहरु बजारमा उपलब्ध छन्, जुन निकै सुविधाजनक, भरपर्दा र तुलनात्मक रुपमा प्रतिस्पर्धी मुल्यमा उपलब्ध छन् ।’ साथै उनले डिएचआइ ब्रान्डका उत्कृष्ट उत्पादनहरु मार्फत ग्राहकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रत्येक घरलाई सुखी घर बनाउने लक्ष्य राखेको र आफ्ना ग्राहकहरुको मन पनि जितिरहेको बताए ।

डिएचआइ इलेक्ट्रोनिक्सले करीब २ वर्षयता नेपालमा सेट–टप बक्सको निर्माण र वितरणमा अग्रणी भूमिका खेल्दै आएकोमा पछिल्लो समय स्वदेशी बजारमा इलेक्ट्रोनिक्स र घरायसी उत्पादनहरुको मागलाई मध्यनजर गरी डिएचआइ ब्रान्ड अन्तर्गत आफ्नो गुणस्तरीय उत्पादनहरु बजारमा ल्याएको छ ।

यस्ता उपकरणहरुमा देखिन सकिने सम्भावित समस्याहरुलाई यथाशिघ्र सम्बोधन गर्न नेपालभरी आफ्नो सेवा सन्जाल समेत बिस्तार गरिएको छ । डिएचआइ ह्यापियर होम, छुट्टै छ है भन्ने नारा बोकेको डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा सर्वत्र उपलब्ध रहेको जनाइएको छ ।

वि.सं.२०७९ साउन ९ सोमवार ०७:४३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...