काठमाडौं । सरकारले भदौ १ गतेदेखि प्लाष्टिकको झोला प्रयोगमा थप कडाई गर्ने भएको छ ।
सरकारले २०७८ असोज ६ गते सूचना जारी गरेर ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको झोला बोक्न नपाइने भन्दै प्लाष्टिकका झोलामा कडाइ गरेपनि त्यो प्रभावकारी नभएको भन्दै भदौ १ गतेदेखि थप कडाई गर्ने भएको हो ।
नेपाल सरकारको २०७८ माघ १७ गतेको निर्णयबाट प्लाष्टिकको झोला प्रतिबन्ध सम्बन्धी कार्ययोजना २०७८ स्वीकृत भई कार्यान्वयन भइरहेको बेला पनि विभागबाट अनुगमनका क्रममा पछिल्ला दिनमा ४० माइक्रोनभन्दा कम पातला प्लाष्टिकको झोला उत्पादन र उपयोगमा वृद्दि भएको भन्दै यसमा थप कडाइ गरिन लागिएको वातावरण विभागले जनाएको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १४:२१ मा प्रकाशित






























