back
CTIZAN AD

एनसीसी बैंकद्धारा मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा प्रारम्भ

वि.सं.२०७९ साउन १० मंगलवार

768 

shares

काठमाडौं । एन.सी.सी बैंकले मोको डिजिटल वालेट मार्फत भुक्तानी सेवा प्रारम्भ गरेको छ । बैंकले मोको डिजिटल वालेट मार्फत आफ्नो भिजा डेविट कार्ड तथा क्रेडिट कार्डबाट समेत भुक्तानीगर्न सकिने सेवा प्रारम्भ गरेको हो ।

बैंकका अनुसार यस सेवा बाट बैंकका ग्राहकहरुले मोवाइल वालेटबाटनै भर्चुवल डेविट तथा क्रेडिड कार्डको प्रयोगगरी विभिन्न भुक्तानीहरु तथा सेवाहरु उपयोग गर्न सक्ने छन् ।

यसका साथै मोको डिजिटल वालेट मार्फत स्क्यान टु पे माध्यमबाट रु १ हजार ५०० भन्दा बढी मर्चेन्टहरुमा भिजा क्युआर कोड प्रयोग गरी भुक्तानी समेत गर्न सकिने बैंकले जनाएको छ ।
मोको डिजिटल वालेट गुगल प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३३ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।

बैंक विगत २५ वर्ष देखि आमनागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

एनसीसी बैंकको खुद नाफा ५१.९८ प्रतिशतले वृद्धि

वि.सं.२०७९ साउन १० मंगलवार १४:५४ मा प्रकाशित

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

माछापुछ्रे बैंक लि द्वारा एम बि एल आइटी कर्जा सेवा बिस्तार

काठमाडौँ । डिजिटल रूपान्तरणलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ माछापुछ्रे बैंक...

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

नबिल बैंकद्वारा गोपनीयता चुहावट आरोपको खण्डन, दुष्प्रचार नगर्न चेतावनी

काठमाडौं । नबिल बैंक लिमिटेड ले ग्राहकको बैंकिङ गोपनीयता भंग...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

नबिल बैंक १६ स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै

काठमाडौँ । नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित...