back
CTIZAN AD

फेरि ओरालाे लाग्याे सेयर बजार, सबै समूह राताम्मे

वि.सं.२०७९ साउन १० मंगलवार

765 

shares

काठमाडौं । सेयर बजार करिब ४५ अंकले घटेकाे छ । साताकाे पहिलाे र दाेस्राे काराेबारकाे दिन बढेकाे सेयर बजार तेस्राे दिन मंगलबार ओरालाे लागेकाे हाे ।

सेयर बजार परिसूचक नेप्से मंगलबार ४४ दशमलव ८० अंकले घटेर दुई हजार ८८ दशमलव १६ विन्दुमा झरेको छ ।

सबै समूहको सेयर घटेर बजार राताम्मे देखिएको छ । बजारसँगै कारोबार संख्या र रकम पनि घटेको छ । साेमबार चार अर्ब रुपैयाँभन्दा धेरेको कारोबार भएकोमा मंगलबार २२२ वटा कम्पनीका ८७ लाख ४० हजार कित्ता सेयर तीन अर्ब ७० करोड ४९ लाख रुपैयाँमा कारोबार भए । सबैभन्दा धेरै शिवम् सिमेन्टको १९ करोड ३६ लाख र अरुण काबेली हाइड्रोको १५ करोड ५७ लाख रुपैयाँको सेयर किनबेच भयो ।

गणपति लघुवित्त कम्पनीको सेयर करिब सात प्रतिशतले घटेको छ । रिभर फल्स पावर कम्पनी, सबैको लघुवित्त, पोखरा फाइनान्स र गुह्येश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार राताम्मे भए पनि मल्टिपर्पोज फाइनान्सको सेयर नाै प्रतिशतभन्दा धेरैले बढेको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १६:०६ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...