back
CTIZAN AD

निर्वाचन आयोगमा झण्डै २२ करोड मूल्यको छपाई मसिन अलपत्र

वि.सं.२०७९ साउन १० मंगलवार

1K 

shares

काठमाडौं । निर्वाचन आयोगमा २१ करोडको छपाई मसिन प्रयोग बिहिन अवस्थामा रहेको छ ।

आयोगले २०७४ मा रु १० करोड ५५ लाख ४० हजारको हाइ स्पिड डिजिटल कलर प्रिन्टर १ थान र रु ११ करोड २८ लाख मूल्यका २ थान छाड स्पिड डिजिटल मोनोक्रोमसमेत रु २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाई मेसिन प्रयोग विहिन अवस्थामा रहेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेखछ ।

‘विगतमा खरिद गरिएको मेसिनको प्रयोग सम्बन्धमा सार्वजनिक लेखा समितिको २०७७/५/२२ को मेसिन प्रयोग गर्ने निर्देशन समेत कार्यान्वयन भएको देखिएन,’ महालेखाको प्रतिवेदनमा भनिएको छ,‘तर्सथ उक्त मेसिन प्रयोग गर्ने व्यवस्था मिलाई यसरी मेसिन प्रयोग गर्न नसक्ने सम्भाव्यता अध्ययन बेगर खरिद गरेर प्रयोग नहुने अवस्था सिर्जना भएको सम्बन्धमा भविष्यमा यस्ता कार्य नदोहोरिने गरि सम्बन्धीत पदाधिकारीलाई कारबाही हुनुपर्दछ ।’

त्यसैगरी आयोगमा रहेका मूल्य नखुलेका ६५९ थान ल्यापटपमध्ये ५८१ थान कोर आइ थ्री ल्यापटप उपयोगविहीन रहेका छन् । ‘उपकरणहरु मर्मत गरी प्रयोगमा ल्याउने र मर्मत नहुने अवस्थामा प्राविधिक पुष्ट्याइसहित लिलाम बिक्रिी गर्नेतर्फ कारबाही गरिनु पर्दछ ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।

वि.सं.२०७९ साउन १० मंगलवार १५:३७ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...