back
CTIZAN AD

माओवादी केन्द्रले कहिले चयन गर्ला पदाधिकारी ?

वि.सं.२०७९ साउन १० मंगलवार

840 

shares

काठमाडौं । माओवादी केन्द्रको तेस्रो केन्द्रीय समिति बैठकको समापन कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी चयन दुई/चार दिनभित्रै गर्ने प्रतिबद्धता जनाएका थिए । बैठकमा जसरी पनि पदाधिकारी टुंगो लगाउनुपर्ने माग उठेपछि प्रचण्डले भनेका थिए, “महासचिव र उपमहासचिवको नाम तयार पारेको छु तर, अहिले मलाई पढ्न नलगाउनुस्, दुई/चार दिन समय दिनुस् ।”

तर, प्रचण्डले दुई/चार दिन समय मागेको पनि दुई साताभन्दा बढी भएको छ । दुई साताभन्दा बढी समय बित्तासमेत उनले पदाधिकारी चयनबारे कुनै निर्णय लिएका छैनन् । बरु, माओवादीभित्र पदाधिकारी चयनको विषय क्रमशः छाँयामा पर्न थालेको छ ।

प्रचण्ड भारत भ्रमणबाट फर्किएसँगै माओवादी केन्द्रभित्र अन्य पार्टीसँग एकता गरी समाजवादी केन्द्र गठन गर्ने मुद्दा अगाडि देखिएको छ । प्रचण्डले जबरजस्तरूपमा एमाले इतरका वामपन्थी दलहरुलाई मिलाएर पार्टी एकता गर्ने एजेण्डालाई अगाडि सारेका छन् । जससँगै माओवादीभित्र पदाधिकारी चयनको विषय तत्काल हुने देखिन्न ।

नेता वर्षमान पुनको भनाईलाई हेर्दा माओवादी केन्द्रभित्र पदाधिकारी चयनको विषय धेरै छाँयामा परिसकेको स्पष्ट हुन्छ । आम निर्वाचन अघि पदाधिकारी चयन सम्भव नदेखिएको पुन भनाई छ । उनका अनुसार माओवादीभित्र संसद, सरकार, समाजवादी मोर्चा निर्माणको गृहकार्यलगायतका विषय प्राथमिकतामा परेका छन् ।

“पोलिटब्यूरो गठन भएको छ, १५ जनाको स्थायी समितिले काम गरिरहेको छ, अहिले ध्यान महत्वपूर्णं विधेयक, सरकारका कामकारबाही र समाजवादी मोर्चा निर्माणको गृहकार्यमा दिनुपर्ने अवस्था छ”, पुनले सञ्चारमाध्यमसँगको कुराकानीमा भनेका छन्, “अन्य व्यस्तताका कारण पदाधिकारी चयनमा थप गृहकार्य हुन सकेको छैन, निर्वाचन अघि सम्भव होला जस्तो छैन ।”

माओवादी केन्द्रभित्र विशेषगरी महासचिव पदमा किचलो देखिन्छ । नेता वर्षमान पुन र जनार्दन शर्माले महासचिवमा आकांक्षा देखाएका छन् । दुवैले महासचिव पद नछाड्ने अडान लिएसँगै पदाधिकारी चयनको विषय किचलोपूर्णं बनिरहेको छ ।

माओवादी केन्द्रको विधानमा एक अध्यक्ष, एक महासचिव, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष रहने व्यवस्था छ । तर, एउटा पदको किचलोले सबै पदमा टुंगो लागेको छैन ।

सम्बन्धित समाचार

प्रचण्डले दुई/चार दिनमै टुंग्याउन सक्लान् त पदाधिकारी ?

वि.सं.२०७९ साउन १० मंगलवार १७:४७ मा प्रकाशित

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...

भोलि रास्वपा केन्द्रीय समितिको बैठक  बस्दै

भोलि रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पामा नदीमा डुबेर एक किशोरको मृत्यु

पाल्पा । बगनासकाली गाउँपालिका(६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...