back
CTIZAN AD

राष्ट्रिय सभाबाट पनि पारित भयाे नागरिकता विधेयक

वि.सं.२०७९ साउन १२ बिहीवार

750 

shares

काठमाडाैं । नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७९ राष्ट्रियसभाबाट पारित भएको छ । बिहीबार बसेको राष्ट्रियसभाको बैठकले उक्त विधेयकलाई बहुमतले पारित गरेको हो।

नागरिकता विधेयकमाथि प्रमुख प्रतिपक्षी दल एमाले विपक्षमा रह्यो भने सत्ता गठबन्धन दलले समर्थन गरेका थिए । बैठकमा अधिकांश संशोधनकर्ताहरुले वैवाहिक अंगीकृतहरुका लागि ७ वर्ष समयावधि राख्नुपर्ने माग गरेका थिए। केहीले पिताको थर र ठेगाना खुलाउन नपर्ने विषयमा पनि संशोधन खोजेका थिए।

गठबन्धनकै सांसद सांसद खिमलाल देवकोटाले वैवाहिक अंगीकृत नागरिकताको विषयमा आफ्नो फरक मत दर्ज गर्दै वैवाहिक अंगीकृत नागरिकताका लागि ५ वर्षको प्रावधान राख्नुपर्ने विषय फिर्ता लिएनन् । त्यस्तै, सांसद डा.बेदुराम भुषालले कानुन निर्माणमा पर्याप्त छलफल हुन नसकेको भन्दै असहमति जनाए । तर, उनले नागरिकता विधेयक राष्ट्रका लागि आवश्यक परेको र गृहमन्त्रीको प्रतिबद्धतालाई आधार मानेर आफ्नो समूहले गरेको संशोधन प्रस्ताव फिर्ता लिए ।

यस्तै सांसद तुलप्रसाद विश्वकर्मा, देवेन्द्र दाहाल, डा.विमला राई पौड्यालले संशोधन प्रस्ताव फिर्ता लिएनन् ।

वि.सं.२०७९ साउन १२ बिहीवार १८:११ मा प्रकाशित

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले...