back
CTIZAN AD

जिप दुर्घटनामा एकको मृत्यु, १४ घाइते

वि.सं.२०७९ साउन १४ शनिवार

858 

shares

काठमाडौं । प्युठानमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । शनिबार दिउँसो स्वर्गद्वारी नगरपालिका-४ भ्यागुते भन्ने ठाउँमा स्वर्गद्वारीबाट भिङरीतर्फ गइरहेको लु ३ च ३५३ नम्बरको जिप दुर्घटनामा एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

घटनामा रुपन्देही मायादेवी गाउँपालिका ३ की ३२ वर्षीय मायादेवी ठाकुरको मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रहरीका अनुसार ९ जना घाइतेलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । अन्य ५ जनालाई सामान्य उपचारपछि घर फर्किएकाे प्रहरीले जनाएकाे छ ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका १७ जना स्थानीय जिप रिजर्भ गरी स्वर्गद्वारी मन्दिर दर्शन गर्न गएका थिए । ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

वि.सं.२०७९ साउन १४ शनिवार १४:५७ मा प्रकाशित

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न नेपाली दूतावास ओटावाको अपिल

काठमाडौं । गत २६ अगस्टमा भोटेकोसी–त्रिशूली नदी बेसिनमा आएको विनाशकारी...

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

प्रधानमन्त्रीको स्टाटसलाई लिएर एमाले युवा नेतृ तिमिल्सिनाको प्रश्न– ‘कार्यकारी प्रमुख हो कि प्रवक्ता?’

काठमाडौं । नेकपा (एमाले)की युवा नेतृ उषाकिरण तिमिल्सिनाले प्रधानमन्त्री बालेन...

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

एनआरएनएद्वारा बाढीपीडितका लागि पाँच करोड ४८ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)...

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

प्रभावित नागरिकको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर उद्धार तथा राहत जारी

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी...

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

प्रभावित क्षेत्रका सेवाग्राहीप्रति संवेदनशील बन्न राष्ट्र बैंकको आग्रह

काठमाडौं । रसुवालगायतका क्षेत्रमा हालै आएको प्राकृतिक विपद्बाट भएको ठूलो...

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

चीनको सुरुङ उद्धार विशेषज्ञ टोली हेलिकप्टरसहित नेपाल आइपुग्यो

काठमाडौं । रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जलविद्युत्...