back
CTIZAN AD

भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढी

वि.सं.२०७९ साउन १६ सोमवार

699 

shares

भक्तपुर । भक्तपुरमा गतवर्षको तुलनामा अपराधको घट्ना बढ्दै गएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा आर्थिक वर्ष २०७८/७९ मा भएका विभिन्न अपराधका घट्नाबारे जानकारी दिँदै परिसर प्रमुख एवं प्रहरी उपरीक्षक शिवकुमार श्रेष्ठले भक्तपुरमा अपराधको घट्ना विगतका वर्षमा भन्दा बढेको बताए ।

प्रहरी उपरीक्षक श्रेष्ठले भने, “आर्थिक वर्ष २०७६/७७ मा ६५२ अपराधका घटना भएको भक्तपुरमा आव २०७७÷७८ मा ५६५वटा थियो, तर आव २०७८/७९ मा घट्ना बढेर असार मसान्सम्म ८३२ वटा पुगेको छ, अपराधसँगै चुनौती थपिएका छन् ।”

प्रहरी परिसर भक्तपुुरले आव २०७८÷७९ मा ६६० वटा अपराधका घटना घटने अनुमान गरेकोमा अनुमान भन्दा घटना बढी भएको उनकोे भनाइ थियो । भक्तपुरमा बलात्कार, हत्या, चोरी, ठगी, चेक बाउन्स, लागुऔषध कारोबार तथा सेवन बढेको पाइएको छ । यहाँ घटेका अपराधमध्ये १४ दशमलव ६६ प्रतिशत घट्ना महिला तथा बालबालिकासम्बन्धी रहेको उनले जानकारी दिए ।

एक वर्षमा भक्तपुरमा बैंकिङ कसूरमा २४७, चोरीमा ९७, अभद्र व्यवहारमा ७०, झुण्डिएर मृत्युमा ६०, भवितव्य ज्यान ५२, लागु औषधमा ४२, जबरर्जस्ती करणीमा ४०, सवारी ज्यानमा ३१, ज्यान मार्ने उद्योग १९, विष सेवनमा १७, बहुविवाहमा १२, ठगीमा ११, जबरर्जस्ती करणी उद्योगमा नौ, कर्तव्य ज्यानमा सात, मानव बेचबिखनमा सात, आत्महत्या दुरुत्साहनमा सात, बाल यौन दुव्र्यवहारमा चार, मुद्रासम्बन्धी कसूरमा चार, चोरी उद्योगमा तीन मुद्दा दर्ता भएका छन् ।

त्यस्तै सवारी अङ्गभङ्गमा तीन, गम्भीर उत्तेजनामा कुटपिट गरेकोमा तीन, ज्येष्ठ नागरिकसम्बन्धी कसूरमा दुई, आपराधिक उपद्रोमा दुई, सङ्क्रमण रोग फैलाउनेमा दुई, विस्फोटक पदार्थमा एक, बैंकिङ तथा वित्तीय कसूरमा एक, अपरहणमा एक, नागरिकतासम्बन्धी कसूरमा एक, गर्भ संरक्षकसम्बन्धी कसूरमा एक, बालबालिकासम्बन्धी कसूरमा एक र जातीय भेद्भाव तथा छुवाछुतमा एक गरी कूल ८३२ वटा मुद्दा दर्ता भएको उनले जानकारी दिए ।

यी घटनामा एक हजार ६ जना अभियुक्त रहेकोमध्ये ७४५ जना पक्राउ परे पनि २६३ जना अझै फरार रहेका छन् । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु पाण्डेले अपराधमा कूल घट्ना र अभियुक्तमध्ये ७४ दशमलव ५ प्रतिशत, बैंकिक कसूरमा २१ दशमलव ५ प्रतिशत र अन्यमा ९१ दशमलव तीन प्रतिशत अभियुक्त पक्राउ परेको जानकारी दिए । प्रहरी उपरीक्षक श्रेष्ठले धेरै घटनाको कारण लागुऔषधनै रहेको बताए ।

वि.सं.२०७९ साउन १६ सोमवार १४:३० मा प्रकाशित

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

आज विश्व लामखुट्टे दिवस – नेपालमा १६८ प्रजातिका लामखुट्टे

काठमाडौँ । विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’...

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

नौवटा संसदीय समितिको बैठक बस्दै, यी हुन् बैठकका विषय

काठमाडौँ । सङ्घीय संसद् मातहतका विभिन्न नौ वटा संसदीय समितिको...

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी...