back
CTIZAN AD

सनराइज बैंकद्धारा नेपाल पे क्युआरको सेवा सुरु

वि.सं.२०७९ साउन १८ बुधवार

621 

shares

काठमाडौं । सनराइज बैंकले नेपाल पे क्युआरको सेवा सुरु गरेको छ । बैंकले नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्ग एप्लीकेसन सनराइज स्मार्टमा एकीकृत गरेको हो ।

बैंकको केन्द्रीय कार्यालयमा सोमबार भएको एक कार्यक्रममा बैंकका नायव महाप्रबन्धक रविन नेपाल तथा नेपाल क्लीयरिङ्ग हाउस लि.का प्रमुख कार्यकारी अधिकृत निलेस मान सिं प्रधानले उक्त सेवाको शुभारम्भ गरेका हुन् । साथै बैंकका ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी नेपाल पे क्युआर र्मचेन्टहरुमा सजिलै भुक्तानि गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार बैंकमार्फत क्युआर भुक्तानी सेवा लिएका वा लिन चाहने ब्यावसायीहरुले नेपाल पे क्युआर स्ट्यान्डी प्राप्त गर्न पनि सक्नेछ । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौं”भन्ने मुलमन्त्रका साथ बैंकिङ्ग सेवाहरुमा डिजिटाइजेसनलाई प्रवर्द्धन गर्दै आएको जनाएको छ ।

बैंकले २०,००० भन्दा बढि मर्चेन्ट नेटवर्क (पीओएस तथा क्युआर), १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९४ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार ११:४१ मा प्रकाशित

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

नेपाल बैंकले गर्यो नाडा अटो शो २०२६मा आकर्षक अटो लोन अफर

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेडले आगामी भदौ...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमाथिको अनुसन्धानप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौं । नेपालको बैंकिङ क्षेत्रको लामो इतिहास बोकेको प्रतिष्ठित नेपाल...

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

सिद्धार्थ बैंकले ल्यायो कर्पोरेट ग्राहकका लागि अनलाइनमार्फत खोल्न सकिने नयाँ डिजीटल सेवा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपालको बैकिङ्ग क्षेत्रमा पहिलोपटक व्यवसायिक...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर...

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा

काठमाडौँ । गरिमा विकास बैंक आफ्नै नवनिर्मित केन्द्रीय कार्यालयमा सरेको...