back
CTIZAN AD

कोसीले धार परिवर्तन गरेर बग्न थालेपछि हजारौँ बासिन्दा विस्थापित

वि.सं.२०७९ साउन १९ बिहीवार

834 

shares

उदयपुर । सोमबारदेखि आएको निरन्तर वर्षाका कारण जिल्लाको बेलका नगरपालिकाको सप्तकोसी क्षेत्रमा कोसीले नदीले मङ्गलबार बिहानदेखि कटान गरेर गाउँघरमा कोसी नदी प्रवेश गर्न थालेपछि बुधबार बेलुकीसम्ममा सो क्षेत्रका करिव एक हजार जनतालाई सुरक्षित स्थानमा राखिएको छ भने एक हजार ५०० आफैं सुरक्षित स्थानतर्फ गएका छन् ।

नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोसीको बाढीले नगरको वडा नं ३ र ८ मा प्रवेश गरेर कटान गरेपछि बुधबार दिनभर हजार जनालाई नगरको विभिन्न सुरक्षित स्थानका विद्यालयमा लगेर राखिएको छ । यस्तै नगरको श्रीलङ्का टापु, सिसौलिया घाट, एबिसी, तपेश्वरी सातपत्रे सहितका स्थानमा कोसीले कटान गरेर पानी प्रवेश गरेपछि झण्डै एक हजार ५०० आफैं गाउँ छाडेर अन्यत्र सुरक्षित स्थानतर्फ गएका नगरपालिकाकी उपप्रमुख जीरा राईले बताए ।

उनका अनुसार श्रीलङ्का टापु, सिसौलिया र एबिसी क्षेत्रका टापुमा बसोबास गर्ने मानिस नगरको अन्यत्र स्थानमामा र अन्य पनि घर भएका कारण उनीहरु तत्काल दोस्रो स्थानमा वा आफन्त भएको सुरक्षितस्थलतर्फ गएका हुन् । बाढीका कारण पीडित बनेका नगरको वडा नं ३ र ८ का हजार जनतालाई नगरपालिकाले सेतीखोला, बानडाँडा, तपेश्वरी र सातपत्रेका विभिन्न मावि तथा निमाविसहित आधारभूत विद्यालयमा राखिएको छ । उनीहरुलाई विभिन्न सामाजिक सङ्घ संस्थाले पनि खाने कुरा र ओढ्ने उपलब्ध गराउनाका साथै नगरपालिका आफैंले पनि चाल, दाल, तेल तथा कपडा उपलब्ध गराएको उपप्रमुख राईले बताए ।

बुधबार बिहानदेखि नै नगरपालिकाको सिसौली घाट, सातपत्रे, तपेश्वरी, श्रीलङका टापु, एबिसी टापु, डुम्रीबोट, सहितका ठूलो मानव बसोबास क्षेत्रमा सप्तकोसी नदीको पानी प्रवेश गरेपछि प्रदेश सरकार, जिल्ला प्रशासन, प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित नगरपालिकाका जनप्रतिनिधिले पीडित जनतालाई उद्धार गरेर अन्यत्र सार्ने कार्य गरेका थिए । कोशीको बाढी प्रबेश गरेका स्थलबाट जनताहरुको उद्धार गरिसकिएको र अहिले बाढीको बहाव पनि घटेर गएका कारण तत्काललाई खतरा टरे पनि त्यस स्थानमा नगरपालिकाका जनप्रतिनिधिसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनासहितका टोलीले निगरानी गरिरहेको नगरपालिकाले जनाएको छ ।

बेलका सिसौलिया घाटका पीडित कमलबहादुर परियारका अनुसार ४० वर्ष अगाडि जुन स्थानबाट कोसी नदी बग्ने गर्दथ्यो र पछि कोसीले धार परिवर्तन गरेर अन्यत्रबाट बग्न थालेपछि धार परिवर्तन गरेको स्थानमा मानिस बसोबास गर्न थालेकामा यस पटक ४० वर्षपछि कोसीको बाढी पुरानै बाटोमा फर्कंदा ठूलो सङ्ख्यामा बसोबास गर्ने जनता विस्थापित हुनुपर्ने अवस्था आएको छ ।अहिलेका लागि तत्काल खतराको सामाधन केही भए पनि भोलिका दिन कसरी काम गर्ने र विद्यमान समस्या समाधान कसरी गर्ने भन्नेबारे नगरपालिकाले तत्कालै स्थानीय प्रशासन, राजनीतिक दल, प्रहरी सेना र प्रदेश सरकारसँग छलफल सुरु गरेकोे छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १३:०३ मा प्रकाशित

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

विश्वविद्यालयका पदाधिकारीद्वारा आङ्गिक क्याम्पस निरीक्षण

चितवन । यहाँस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको उपकुलपति,‘रजिष्ट्रार’...

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयदेखि सार्वजनिक...

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेमा १० हजार जनाद्वारा उच्च रक्तचापको औषधि सेवन

काभ्रेपलाञ्चोक । काभ्रेलाई नसर्ने रोगको सिकाइ केन्द्र बनाइने भएको छ...

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ। कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना बगाएका...

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, शिघ्र खोप लगाउन आग्रह

काठमाडौँ ।  लामखुट्टेको टोकाइबाट सर्ने जापानिज इन्सेफलाइटिस (जेइ) रोगको सङ्क्रमण...

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

बलुचिस्तानमा बम विस्फोटमा एक सुरक्षाकर्मीको मृत्यु, छ घाइते

इस्लामाबाद । पाकिस्तानको दक्षिण–पश्चिमी बलुचिस्तान प्रान्तमा शनिबार सुरक्षाकर्मीको टोलीलाई लक्षित...