back
CTIZAN AD

अष्ट्रेलियाको क्विन्सल्यान्डमा तीन जनाको गोली हानी हत्या

वि.सं.२०७९ साउन १९ बिहीवार

705 

shares

सिड्नी । अष्ट्रेलियाको क्विन्सल्यान्ड राज्यमा रहेको प्रहरीले बिहीबार एक ग्रामीण इलाकामा गोली हानी तीन जनाको हत्या गरिएको छ ।

स्थानीय समयअनुसार बिहीबार बिहान ९ बजे राज्यको उत्तरपूर्वमा रहेको सानो सहर बोगीमा धेरै जनालाई गोली हानी हत्या गरिएको सूचनापछि प्रहरीलाई घटनास्थलमा बोलाइएको थियो ।

क्विन्सल्यान्ड प्रहरी टम आर्मिटका कार्यकारी सुपरिटेन्डेन्टले स्थानीय सञ्चारमाध्यमलाई बताए “हामी सक्रियतापूर्वक त्यस क्षेत्रमा भएका भनिएका हत्याबारे खोजी तथा अनुसन्धान गरिरहेका छौँ । परिस्थिति के थियो र कसरी यी मानिसहरूलाई गोली हानिएको थियो भन्ने विषयमा हाम्रो प्रारम्भिक अनुसन्धान सुरु भएको छ ।”

उनले भने, “यस अवस्थामा घटनाका लागि को जिम्मेवार छ, हामीलाई थाह छैन हामी किनकी यस अनुसन्धानको प्रारम्भिक चरणमा छौँ ।”

घटनामा तीन जनाको मृत्यु भएको पुष्टि गरिएको छ र चौथो व्यक्तिलाई गम्भीर अवस्थामा उपचारका लागि अस्पताल पठाइएको छ । वरपरका इलाकाको सर्वेक्षण गर्दा प्रहरीले त्यस इलाका अहिले सुरक्षित रहेको र घटनाबारे अनुसन्धान चलिरहेको जनाएको छ । रासस÷सिन्ह्वा

वि.सं.२०७९ साउन १९ बिहीवार २०:४२ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...