back
CTIZAN AD

पिपुल्स पावरको आईपिओ बाँडफाँड

वि.सं.२०७९ साउन २१ शनिवार

918 

shares

काठमाडौं । पिपुल्स पावरले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । बिक्रि प्रबन्धक प्रभु क्यापिटलले शुक्रबार शेयर बाँडफाँड गरेको हो ।
शेयर बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेबसाइट तथा पिपुल्स पावर हाइड्रोको वेबसाइटबाट हेर्न सकिने क्यापिटलले जनाएको छ ।

कम्पनीले असार ८ गतेदेखि साउन ५ गतेसम्म आयोजना प्रभावित क्षेत्र इलाम जिल्लाका स्थानीय वासिन्दाको लागि शेयर निष्काशन गरेको थियो । कम्पनीले आयोजना प्रभावितको लागि ६ लाख ३२ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये आयोजना अति प्रभावित क्षेत्र इलाम नगरपालिकाको वडा नम्बर १ र ४ का स्थानीयको लागि १ लाख ८९ हजार ७ सय ८० कित्ता शेयर छुट्याईएको थियो भने इलाम नगरपलिकाको १ र ४ वडा बाहेकका इलामका अन्य स्थानीयको लागि ४ लाख ४२ हजार ८ सय २० कित्ता शेयर छुट्याईएको थियो ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई जेठ २७ मा शेयर निष्काशनको लागि अनुमति प्रदान गरेको हो । बोर्डले कम्पनीलाई आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि गरि ३१ करोड बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो ।

स्थानीयको शेयर बाँडफाँड गरेसंगै अब कम्पनीले सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।

वि.सं.२०७९ साउन २१ शनिवार ११:४३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

नेप्से परिसूचकमा सामान्य अंकको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार...