back
CTIZAN AD

अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा एसपीए कलेज

वि.सं.२०७९ साउन २१ शनिवार

813 

shares

ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्क शहरमा प्रदान गरिनेछ । मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ ।

धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए) कलेज अमेरिकाको न्यूयोर्क शहरमा हुने ‘ग्रीन कलेज अवार्ड–२०२२’ को मनोनयनमा परेको छ ।

‘ग्रीन म्यान्टर्स’ नामक संस्थाले वातावरण संरक्षणका क्षेत्रमा काम गरेका विश्वभरका कलेजहरुबाट आवेदन आह्वान गर्दै उत्कृष्ट कलेजहरुलाई ‘ग्रीन क्लिन अवार्ड’ प्रदान गर्ने गर्छ । सोही अवार्डको मनोनयनमा नेपालबाट धनगढीको एसपीए कलेज परेको हो ।

‘आफ्नो अध्ययन–अध्यापन क्षेत्रबाट स्थानीय वातावरण संरक्षणमा यहाँहरुले खेलेको भूमिका निकै सह्रानिय छ । यहाँको योगदानको कदर गर्दै हाम्रो निर्णायक मण्डलले एसपीए कलेजलाई अवार्डको मनोनयनमा राख्ने निर्णय गरेको छ,’ आयोजकले बधाई दिदैँ उक्त कुरा उल्लेख गरेको छ ।

ग्रीन कलेज अवार्ड आगामी सेप्टेम्बर २४ तारिखका दिन न्यूयोर्क शहरमा प्रदान गरिनेछ । मनोनयनमा परेका विश्वभरकै कलेजहरुको उक्त समारोहमा उपस्थिति रहने आयोजकले जनाएको छ ।

लामो समयदेखि एसपीए कलेजले ‘ग्रीनक्लिन धनगढी’ क्लब गठन गर्दै बातावरण संरक्षणका क्षेत्रमा का गर्दै आएको छ । कलेजले धनगढी मुख्य तथा सहायक बजार क्षेत्रमा, विभिन्न स्कुलहरु, छात्रावासहरु, धार्मिक, सामाजिक क्षेत्रलगायत सरकारी निकायहरुमा, डुबान क्षेत्रलगायत विभिन्न ठाउँहरुमा वृक्षारोपण गर्दै आएको छ । यस्तै वातावरण हराभरा बनाउँनका लागि कलेजले नियमित सरसफाई अभियान सञ्चालन गर्दै आएका छन् ।

एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले एसपीए कलेज अन्तर्राष्ट्रिय कलेजका रुपमा उदाएको बताउँदै वातावरण संरक्षणमा विधार्थीहरुको भूमिका रहेको जनाए ।

‘यस सुन्दर निलो ग्रह(पृथ्वी) मानिसहरुमात्रै नभएर अरु प्रजातीका लागि पनि उत्तिकै महत्वपूर्ण छ,’ क्याम्पस प्रमुख उपाध्यायले भने, ‘वातावरण संरक्षणमा एसपीए कलेजले खेलेको भूमिकाको सम्मानस्वरुप कलेज अन्तर्राष्ट्रिय अवार्डको मनोनयनमा परेको छ । यो हाम्रो र सबै सुदूरपश्चिमबासीका लागि गर्वको कुरो हो ।’

कलेजको ग्रीनक्लिन क्लबले धनगढी शहरलाई ग्रीन र क्लिन बनाउँने उदेश्य राखेको क्लबमा आवद्ध विधार्थी स्यामुयल न्यौपानेले बताए । उनले ग्रीन कलेज अवार्डमा एसपीए कलेजको मनोनयन हुँदा गर्व लागेको बताउँदै आफूहरुले गरेको प्रयासलाई संसारले पहिचान गर्ने वातावरण बनेको बताए ।

‘हामीले सुदूरपश्चिम प्रदेशको मुख्य हब धनगढीलाई सुन्दर र हराभरा बनाउँने उदेश्यका साथ विगत लामो समयदेखि अनवरत रुपमा काम गर्दै आएका छौं,’ अभियान्ता न्यौपानेले भने, ‘हाम्रो प्रयासको पहिचान गर्दै अमेरिकाको न्यूयोर्क शहरमा हुने अवार्डका लागि मनोनयनमा पर्नु ठूलो गौरवको कुरा हो । अवार्ड जो सुँकैले जितोस्, हाम्रा लागि विश्वभरका हजारौं कलेजहरुबाट मनोनयनमा पर्नु नै अवार्ड जिते बराबर हो ।’

ग्रीनक्लिन धनगढीको स्थापना २०१२ सालमै एसपीए कलेजका प्रबन्ध निर्देशक सुवाश शाहीले गरेका हुन् । शाही संस्थाका पूर्व अध्यक्ष समेत हुन् । उनका पालामा ग्रीन क्लिन धनगढीले सम्पूर्ण धनगढीको मुख्य बजार क्षेत्र तथा सहायक मार्गमा वृक्षारोपण सम्पन्न गरेको थियो ।

त्यसपछि एसपीए कलेजका ग्रीन स्वयमसेवकहरुले ग्रीनक्लिन अभियानलाई नियमित अघि बढाईरहेका छन् । अघिल्लो हप्तामात्रै ग्रीन स्वयमसेवकहरुले धनगढीबजार क्षेत्रको सरसफाई, तारानगरस्थित आमाको मायाँ छात्रवासमा वृक्षारोपणलगायत कार्यक्रम सम्पन्न गरेका थिए ।
अघिल्लो महिनामात्रै देशभरिकै उत्कृष्ट १३ कलेजभित्र पर्दै सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए )ले राष्ट्रिय शिक्षा सम्मान प्राप्त गरेको थियो । पूर्वप्रधानमन्त्री झलनाथ खनालले एसपीएका क्याम्पस प्रमुख योगराज उपाध्यायलाई उक्त सम्मानपत्र प्रदान गर्नुभएको थियो ।

लामो समयदेखि नेपालको शैक्षिक क्षेत्रमा पुर्याएको योगदान, भौतिक पूर्वाधार, दक्ष र अनुभवी अध्यापक, प्राध्यापकहरु, समयानुकुल प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गरेको र विगतको परीक्षाको नतिजालाई प्रमुख आधार बनाएर उक्त अवार्ड प्रदान गरेको हो ।

झण्डै ३५ सय विधार्थी अध्ययनरत् एसपीए सुदूरपश्चिमकै अग्रिणी शैक्षिक संस्था हो । एसपीएमा स्नातकोत्तर तहमा एमएड, एमबीएस, स्नातक तहमा बीए, बीबीएस, बीएड, बीएचएम, बीआईएम, एकवर्षे बीएड तथा प्लस टूमा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी, कानुन, होटल म्यानेजमेन्ट, आमसञ्चार र पत्रकारिता विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

कलेजमा पूर्ण रुपमा मल्टिमिडियायुक्त कक्षाकोठाहरु छन् । सबै कोठामा सिसी टिभी क्यामेरा जडान गरिएका छन् । आधुनिक कम्प्युटर तथा विज्ञान प्रयोगशालामा विधार्थीहरुलाई प्रशिक्षित गराइन्छ । सुदूरपश्चिममा एकमात्रै आफ्नो होटल म्यानेजमेन्टको प्रयोगशाला भएको कलेज पनि एसपीएमात्रै हो । कलेजको आफ्नै बेकरी क्याफे सञ्चालनमा आउने तयारीमा समेत छ ।

टाढाबाट आउने विधार्थीका लागि कलेजले बसको व्यवस्था गर्नुका साथै होस्टेलको समेत व्यवस्था गरेको छ । विभिन्न १५ वटा क्लबहरु गठन गर्दै विधार्थीहरु अतिरिक्त क्रियाकलापमा सहभागिता जनाउँछन् । कलेजमा ८ जना अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीमात्रै अध्ययन गरिरहेका छन् । त्यसबाहेक अन्य खेलका अन्तर्राष्ट्रिय खेलाडीका लागि पनि कलेजले छात्रवृत्तिको व्यवस्था गरेको छ ।

वि.सं.२०७९ साउन २१ शनिवार ०९:१२ मा प्रकाशित

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

पश्चिम जाजरकोटका केही पक्की पुल निर्माणले गति लिँदै, केही अलपत्र

काँक्रेविहार (सुर्खेत) । पश्चिम जाजरकोटमा करोडौँ रुपैँया लगातका पक्की पुलहरूको...

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

यहाँका किसानलाई कोटा प्रणालीअनुसार मल विक्री वितरण गरिने

कञ्चनपुर । धान खेतीको मुख्य ‘याम’ नजिकिँदै गर्दा कृषि सामग्री...

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

राष्ट्रपति रनिङ शिल्डः भीमदत्तलाई उपाधि

महेन्द्रनगर । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि...

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

भकारीदेखि फर्निचरसम्म : हिमाली डगौराको बेतबाँस यात्रा

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–७ झण्डाबोझका ६० वर्षीय हिमाली डगौराले तीन...

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस...