back
CTIZAN AD

कविता : तिमीले सम्झिदिए पुग्छ

वि.सं.२०७९ साउन २१ शनिवार

1.2K 

shares

बबिता खालिङ,सिक्किम

जसरी हरेक वर्ष पृथ्वी
ब्रह्माण्ड घुमेरपनि
त्यहीँ स्थानमा आईपुग्छ
जहाँ उसलाई सुर्यले जन्माएको थियो
त्यसरी नै ३६५ दिनहरुमा
एक पल्टलाई भएपनि सम्झिदिनु
तिमीले मेरो मायालाई ।

किनकि तिमीलाई जन्माउदा
म पनि सुर्य जस्तै टुक्रिएकि थिए
म टुक्रिएकि छु हरेक दिन ।

यदि
भत्किनु र जोड्नु नै नारित्व हो भने
हो म नारी हुँ !
म नारीहरु बीचका महानत्म नारी
आमा हुँ ।

अरु सँगको तिम्रो सम्बन्धलाई
तिमी जे संज्ञा दिए नि हुन्छ
तर
तिमी नभुल्नु
म सँगको तिम्रो सम्बन्ध
सबै सम्बन्ध भन्दा फरक छ
यो सम्बन्ध
नौ महिना अगाडीको जो छ !
तिमी र मैले एउटै सास फेर्दा
एउटै ढुक्–ढुक्की साट्दा
तिमीलाई आफुभित्र सुरक्षित राख्न
नथाकेकी म
तिमीलाई तिमीबाट जोगाउन
तिमीलाई संसारदेखि जोगाउन
तिमीलाई तिम्रै भाग्यदेखी जोगाउन
मैले एकै क्षण बिर्सीकी छुईन
ईश्वर अघि शिर झुकाउन
तिमी तिम्रो खुशीमा
तिम्रो फुर्सदमा
तिम्रो थकाइमा
आफुसँग हारेर हरेस खाएको बेला
सम्झिदिनु मेरो मायालाई ।

मैले आफुलाई भन्दा धेरै माया
गरेको तिमीले
मलाई
बस्! आफू जत्तिकै माया गरिदिए पुग्छ
मलाई
सम्झिदिए पुग्छ।

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:३६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...