back
CTIZAN AD

कविता : दास क्यापिटल

वि.सं.२०७९ साउन २१ शनिवार

1.1K 

shares

बाबुराम न्यौपाने ‘उत्स’
दमक, झापा

वेद उपनिषद् गीता
या त्रिपिटक बाइबल
कुरान गुरुग्रन्थ
या त दास क्यापिटल
पढ्ने पानाहरु उही
ग्रन्थको सारतत्व
नजर नजरमा
विरोधाभासपूर्ण किन छ ?

गान्धीको पारदर्शी चस्माले
एउटा रङ देख्यो
हिटलरको चस्माले अर्को
लिंकन, मण्डेला,
आइन्स्टाइनले पढ्ने
पुस्तकालय एउटै थियो
तर अक्षेरको आकृति
अनुभूतिको आयाम फरक भयो ।

दास क्यापिटलको पानामा
लेनिनले
जारको पतन गर्न
अचुक अश्त्र भेट्टाए
क्रान्तिकारी माओको लागि
लालसेना गठनको
बुलन्द सूत्र फेलापर्यो
वि.पि.को चस्माले
समाजवादको ऐना देख्यो ।

सवाल उन्मुक्तिको थियो
सर्वहाराको मस्तिष्कमा
हँसियाहथौडाले
नयाँ दृष्टिकोणको
युगीन डोब खोपिदियो ।

होचिमिन्हको हनोई
वासिङ्टनको आक्रमण थेग्न
साम्यवादको छाता ओडेर
बंकर निर्माणमा जुट्यो
जर्मनी टुक्रयाइयो फेरि जोडियो
कोरियाको सग्लो आकास
दुई फब्ल्याटामा विभाजित छ ।

दास क्यापिटलको जगमा
बेजिङ्ग
पुँजीवादकै घरमा घुसेर
वासिङ्टनको सत्तामाथि
चुनौति प्रस्तुत गर्दैछ
सामरिक प्रभुत्वको
पुरानो किल्ला भत्काउँन तम्सदैछ ।

यता कान्तिपुरको
चमेना गृहमा
विश्व हल्लाउने
मार्क्सको
‘दास क्यापिटल’
खाजा खाएर हातपुछ्ने
च्यातचुते पाना बनेको छ ।

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:३५ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...