back
CTIZAN AD

लघुकथा : चिन्ता

वि.सं.२०७९ साउन २१ शनिवार

813 

shares

ममता मृदुल, काठमाडौं

श्रीमतीलाई लिएर भरतपुर क्यान्सर अस्पताल भित्र पसे । अमिलो मन बोकेर डाक्टरको छेउमा पुगे । ‘अवस्था राम्रो छैन् ।’ एक पटक फेरि दिसा, पिसाब, रगत, एक्सरे र भिडियो एक्सरेको रिपोर्ट हेरेर डाक्टरले भने ।

‘के भन्यो डाक्टरले ? सञ्चो त हुन्छ नि ?’, ससुरा बुवाले फोनमा भन्नुभयो ।

‘रिपोर्ट सबै ठिकै छरे । एउटा अर्को जाँच पनि गराउनुस्, भन्नुभएको छ ।’ उहाँलाई संझाउँदै भने ।

होटेलको कोठामा रातभर छट्पटाउँदै बसेकी श्रीमतीको पीडाले म पनि छट्पटाउनुको बिकल्प खोज्थे । म लाचार थिएँ । सुई, औषधिले पनि उनको पीडा कम हुँदैनथ्यो ।

‘उनीलाई लास्ट स्टेज क्यान्सर भएको छ । शरीरभरि फैलिसकेको छ । उपचार संभव छैन् । अब केमो थेग्न सक्नुहुन्न । घर लग्दा हुन्छ ।’, डाक्टरको कुराले म छाँगोबाट खसेजस्तो भएँ । छेउकै कुर्सीमा थुचुक्क बसे । रुँदै अनुनय विनय गरेँ । बचाईदिन आग्रह गरेँ । उनले भने, ‘म सकेसम्म बचाउन चाहन्थे तर सक्दिन ।’,आँसु पुछेर कृत्तिम मुस्कान अनुहारमा ल्याउँदै डाक्टरको कोठाबाट म बाहिर निस्केँ ।

‘सामान्य समस्या रहेछ । घरमा आराम गर्दै तीन महिना औषधि खाए ठिक हुन्छ भनेको छ ।’
मेरो कुरा सुनेर उनको मलिन अनुहार हँसिलो भएर आयो ।

ओछ्यानबाट उठ्ने कोसिस गर्दै उनले भनिन्,
‘त्यसो भए चिन्ता नलिनु म पाखोबारी सबै खन्छु । तपाईं काममा जानु, कान्छो छोरालाई भैंसी फुका भन्नू है फुनमा ।’

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:३३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...