back
CTIZAN AD

कविता : सभ्यता

वि.सं.२०७९ साउन २१ शनिवार

774 

shares

प्रदीप रत्न शाक्य
बौद्ध, काठमाडौं

म, तिमी, ऊ
तेल पानी बालुवा
एक साहस
एक बहाव
एक प्यास भन्दै घुलिरहेका छौँ
संयन्त्र भइरहेका छौँ ।

सायद हामी आकासमा
बादल भइरहेका छौं
जमीनहरूमा
एक चुनौती भइरहेका छौं
हो हामी बाढी हौं
पहिरो हौं
भूकम्प हौं
हौं हामी सबै उलथ पुलथ ।

पृथ्वीका त्यसैले
हामी माथि भयहरूको कोलाहल बन्दै
चिच्च्याइरहेका छन्
भनिरहेका छन्
यिनीहरू मात्र पराल बलेको आगा हुन्
निभ्ने छन् सिघ्र ।

समुन्द्रका नि त्रसित बन्दै
भनिरहेका छन्
यिनीहरू असफल प्रकृतिका मिश्रण हुन्
दुष्परिणाम बन्न लालाइत छन्
हारका आवेगहरू जस्तै असर बिहिन् गोला बन्दै ।

हो त्यसैले मित्रहरू !
म सौर्य मण्डलको पात्र बन्नुको
कल्पना गर्दैछु
नौलो सभ्यताकै कसरत गर्दैछु
क्रान्ति अमर रहून्
लाल सलाम !

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२७ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...