back
CTIZAN AD

कविता : सभ्यता

वि.सं.२०७९ साउन २१ शनिवार

810 

shares

प्रदीप रत्न शाक्य
बौद्ध, काठमाडौं

म, तिमी, ऊ
तेल पानी बालुवा
एक साहस
एक बहाव
एक प्यास भन्दै घुलिरहेका छौँ
संयन्त्र भइरहेका छौँ ।

सायद हामी आकासमा
बादल भइरहेका छौं
जमीनहरूमा
एक चुनौती भइरहेका छौं
हो हामी बाढी हौं
पहिरो हौं
भूकम्प हौं
हौं हामी सबै उलथ पुलथ ।

पृथ्वीका त्यसैले
हामी माथि भयहरूको कोलाहल बन्दै
चिच्च्याइरहेका छन्
भनिरहेका छन्
यिनीहरू मात्र पराल बलेको आगा हुन्
निभ्ने छन् सिघ्र ।

समुन्द्रका नि त्रसित बन्दै
भनिरहेका छन्
यिनीहरू असफल प्रकृतिका मिश्रण हुन्
दुष्परिणाम बन्न लालाइत छन्
हारका आवेगहरू जस्तै असर बिहिन् गोला बन्दै ।

हो त्यसैले मित्रहरू !
म सौर्य मण्डलको पात्र बन्नुको
कल्पना गर्दैछु
नौलो सभ्यताकै कसरत गर्दैछु
क्रान्ति अमर रहून्
लाल सलाम !

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२७ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...