back
CTIZAN AD

कविता: छायाको टेको

वि.सं.२०७९ साउन २१ शनिवार

810 

shares

निम्ब तरु, अर्घाखाँची

मनमा उठ्ने झस्काहरु कसरी कुन किनारले ठाम्छन् ?
ए ! बाबा
मैले उनान्सय ठामे
त्यसमाथि एक ठाम्न गाह्रो देख्छु

त्यस्तो कोमल कपनाले धर्ती फुटालेर बाहिर आउँछ भने
त्यस्तो पीपलको मुनाले पहरा फुटाल्छ भने
बिहानीले घाम त फुत्त क्षितिजमा निकाल्छ भने
म मान्छे
यति पनि स्फुर्ति निकाल्न नसकुँला ?

लाटोकोसेरोले दिन देख्दैन
तिमीले भन्ने यही त हो

ए ! बाबा
मैले उनान्सय ठामिसकें
यो एक के साह्रो गरुँगो भएको हो ?

एकान्त ठामिसकें
उदेक ठामिसकें
उराठ ठामिसकें
एकाउन्न ऐंठन ठामिसकें
उधुम घाममा आफ्नै छायाको टेको लिएर उभिरहें

टन्टलापुर घाम आफ्नै छायाको टेको लिएर ठामें
उनान्सय ठामें
एउटा एक ठाम्न भारी भयो

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२६ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...