back
CTIZAN AD

कविता: छायाको टेको

वि.सं.२०७९ साउन २१ शनिवार

789 

shares

निम्ब तरु, अर्घाखाँची

मनमा उठ्ने झस्काहरु कसरी कुन किनारले ठाम्छन् ?
ए ! बाबा
मैले उनान्सय ठामे
त्यसमाथि एक ठाम्न गाह्रो देख्छु

त्यस्तो कोमल कपनाले धर्ती फुटालेर बाहिर आउँछ भने
त्यस्तो पीपलको मुनाले पहरा फुटाल्छ भने
बिहानीले घाम त फुत्त क्षितिजमा निकाल्छ भने
म मान्छे
यति पनि स्फुर्ति निकाल्न नसकुँला ?

लाटोकोसेरोले दिन देख्दैन
तिमीले भन्ने यही त हो

ए ! बाबा
मैले उनान्सय ठामिसकें
यो एक के साह्रो गरुँगो भएको हो ?

एकान्त ठामिसकें
उदेक ठामिसकें
उराठ ठामिसकें
एकाउन्न ऐंठन ठामिसकें
उधुम घाममा आफ्नै छायाको टेको लिएर उभिरहें

टन्टलापुर घाम आफ्नै छायाको टेको लिएर ठामें
उनान्सय ठामें
एउटा एक ठाम्न भारी भयो

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२६ मा प्रकाशित

कविता : सबै पाका मान्छे अनुपम हुन्

कविता : सबै पाका मान्छे अनुपम हुन्

कृष्णप्रसाद पौडेल 'जस्ताघरे' विदुर.-४,बट्टार, नुवाकोट यहाँ बाबा माता शिखरपथका हुन्...

सुसेली

सुसेली

खगेन्द्र बस्याल,बुटवल १ बत्ती बाल्नु छ सबै मन चहक काम...

झिल्का कविता

झिल्का कविता

हितमान छन्त्याल (सहोदर ) पोखरा, कास्की १. पहाडमा मेरो बास...

चारु ( हिन्दी )

चारु ( हिन्दी )

पी एस यादव 'अजनबी',भारत गुनाह तो कर बैठे अब कोई...

गजल

गजल

अरुण खड्का,कीर्तिपुर बात गर्दै ढल्छ मान्छे जिन्दगीको के भरोसा स्वार्थ...

गजल

गजल

वेद प्रसाद रिजाल,इलाम रुझेको सिरानी पुरानै हो दुखी जिन्दगानी पुरानै...