back
CTIZAN AD

कविता : बिहेवारी बीसपारी

वि.सं.२०७९ साउन २१ शनिवार

963 

shares

बिके माकजु, भक्तपुर

जान्न म पराई घर
आफैलाई छैन आफ्नो भर
बच्चा छु
कच्चा छु
आमा मलाई दुलाहा खोज्न नलगाउनुस्
विवाहको उमेर भएको छैन
बा ! मलाई दुलाहा नखोज्नुस् ।

आमा मलाई चाहिंदैन अरु
बालाई भन्नुस्
मेरो लागी मगाई दिनुस्
किताब कापी कलम बरु
म पढ्छु
साक्षर बन्छु
घर हेर्छु
बाआमा पाल्छु ।

उमेर पुगेपछि खोज्नुस् एउटा
मलाई सुहाउँदो चिटिक्कको केटा
बाआमाको कुरा मानौंला
विवाह गर्न राजी हूँला
तर,
ए! बा
ए! आमा
बिहेवारी बीसपारी ।

 

वि.सं.२०७९ साउन २१ शनिवार ०८:२३ मा प्रकाशित

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...

झिल्का कविता

झिल्का कविता

भेष राज बञ्जाडे, बुटवल-१३, रुपन्देही १. एकछिन खुब मच्चिए आखिरमा...

कविता : कति हार्दिक छन्

कविता : कति हार्दिक छन्

इन्दिरा प्रयास, काठमाडौँ भन जीवन के कति मानवका अनुकूल कहाँ...