अमेरिकी संसदको तल्लो सदन प्रतिनिधि सभाकी अध्यक्ष नान्सी पेलोसीको ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरु अमेरिका र चीनका बीच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान यूक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरुले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए । त्यो मोर्चामा अब गतिरोध या टहरावकाको स्थिति विकसित हुँदै गएको देखिँदैछ । तर, यता एशियाको जलक्षेत्र खासगरी प्रशान्त जल क्षेत्र या चीन सागरमा भने भयावह युद्धको आगो लाग्न थालेको छ । हुन पनि आज यूक्रेन र ताइवानलाई लिएर तेस्रो विश्व युद्धको चर्चा निकै चर्कोरूपमा हुन थालेको छ । यो कुरा निश्चित छ कि अहिले जे जति परमाणु हात हतियारको खलियो विश्वमा लागेको छ त्यसको प्रयोगले विश्व विनाश बाहेक अरु केही हुुनेवाला छैन । त्यसर्थ कुनै पनि देश सर्वनाशको यो जोखिम उठाउन तयार छैन । त्यसैले गर्दा नै युद्ध टर्दै टर्दै आएको छ । युद्ध कसैले छेड्यो कि त्यो ‘भस्मासुरको बरदान’ जस्तो अपूर्व र अकल्पनीयरूपमा विनाशकारी हुनजाने निश्चित छ ।
नान्सी पेलोसीको ताइवान यात्राले विश्वका दुई प्रमुख महाशक्तिहरु अमेरिका र चीनका बीच एउटा भयावहकारी संघर्षको मोर्चा खोलिदिएको छ । केही दिन अगाडिसम्म विश्वको सम्पूर्ण ध्यान यूक्रेनमाथि रहेको थियो । जहाँ अमेरिका र उसका पश्चिमा सहयोगी देशहरुले रुसका विरुद्ध मोर्चा खोलिराखेका थिए । त्यो मोर्चामा अब गतिरोध या टहरावकाको स्थिति विकसित हुँदै गएको देखिँदैछ । तर, यता एशियाको जलक्षेत्र खासगरी प्रशान्त जल क्षेत्र या चीन सागरमा भने भयावह युद्धको आगो लाग्न थालेको छ ।
अमेरिकामा नान्सी पेलोसी राष्ट्रपति र उपराष्ट्रपति पछिको बरियताको तेस्रो महत्वपूर्ण पद हो । यस हिसावले पनि नान्सी पेलोसीको ताइवान भ्रमणले ठूलो चर्चा पाएको हो । यो उनको निजी भ्रमण त झन् हुँदै होइन । कुरा के भने चीनलाई हिन्द–प्रशान्त क्षेत्र, खासगरी चीन सागरको वरिपरीको क्षेत्रमा चलखेल गर्न नदिन र उसको भूमिकालाई सीमित तुल्याउन अमेरिका पहिलादेखि नै घेराबन्दीका अनेक हर्कत गर्दै आएको छ । त्यसैले पनि नान्सी पेलोसीको ताइवान यात्राको आकंलन र त्यसको भावी परिणामका बारेमा अमेरिकी रक्षा मन्त्रालयले अनुमान गरेर भन्न पर्दैन । उनको यात्राका बेला उनको सुरक्षामा कुनै किसिमको खतरा नरहोस् भन्नाका खातिर अमेरिकाले सैनिक उपाय पनि अवश्य गरेको थियो होला नै । अनि त्यो यात्राको त सुरक्षित अवतरण भयो होला पनि । तर, ताइवानलाई लिएर चीन जसरी अघि बढ्यो त्यो अमेरिकी अनुमानभन्दा फरक भएको हुुनु पर्दछ । किनभने यतिबेला ताइवान वरिपरी चिनियाँ सैनिक गतिबिधि तीब्रतम् भएको कुरा सबैले देखिरहेका छन् र चीनले पनि यो लुकाए छिपाएको कुरा छैन । यद्यपि यी सबै गतिबिधिहरु ताइवानमाथिको चीनको सार्वभौमिकता, अखण्डता र स्वाधीनताको कुरा हो र ताइवान चीनको मातहतमा छ भन्ने कुरा दर्ज गर्नु हो र अमेरिकालाई सन् १९७२ को एक चीन मान्यताको सम्झौता पुनः सम्झाउनु हो भन्ने कुरा पनि एकदमै प्रष्ट छ ।
निश्चय नै चीनले यतिबेला अमेरिकासहित सारा विश्वलाई के कुरा प्रष्ट पारिरहेको छ भने चीनका लागि ताइवानको मुद्दा सबभन्दा प्रमुख र अन्तिम कुरा नै ताइवान चीनको स्वशासित अंग हो भन्ने कुरा हो । यो कुरालाई नाघेर कोही पनि अघि बढ्न सक्दैन भन्ने नै चीनको अन्तिम सन्देश हो । यस मुद्दाको क्रममा चीनले अमेरिकासँग अन्य विषयमा भइरहेका वार्ता प्रकृयाबाट पनि आफुलाई अलग राखिसकेको छ ।

उता अमेरिकामा भने चीनको यो विषयलाई लिएर रणनीतिकार र सैनिक विशेषज्ञहरुकै दुइ फरक विचार रहेको जस्तो देखिन्छ । एउटा पक्षको के मान्यता देखिन्छ भने चीनलाई नियन्त्रणमा राख्नका लागि दूरगामी रणनीति अपनाइनु पर्दछ । यसका लागि सहयोगी देशहरुको गठबन्धन बनाइनु पर्दछ । यसै कुरालाई मध्यनजरमा राखेर गैर सैन्य संगठन ‘क्वाड’ र सैनिक संगठन ‘ओक्स’ बनाइएको औंल्याइन्छ । जे भए पनि अमेरिकी सभामुखको तत्कालीन ताइवान भ्रमणको परिणाम अहिले चिनियाँ नौसेना र अमेरिकी नौसेना एक अर्काको एकदमै सामुन्नेमा खडा हुन पुगेका छन् । यस्तो अवस्थामा अहिले कुनै युद्ध शुरु हुन्छ भने त्यो यी सम्मिलित देशहरुकै बीच सीमित रहन्छ भनिदैछ । यो संघर्षको दायरा पनि सीमित रहने बताइँदैछ । अमेरिकाको सैनिक विशेषज्ञहरुको अर्को तप्का के भन्दछ भने यदि चीन वास्तवमा सबैभन्दा खतरनाक देश हो भने कुनै बिलम्ब नगरिकन त्यससँग भिड्नु पर्दछ अरु कुनै कुरा होइन । यसो गर्न जति बिलम्ब गरिन्छ त्यति नै चीन सबल हुँदै जान्छ भन्ने उनीहरुको तर्क छ । अबको एक डेढ दशकमा चीन विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था बनिसक्ने छ । अनि उसको सैन्य क्षमता पनि धेरै अगाडि बढिसकेको हुनेछ । त्यतिबेला चीनलाई उसको प्रभाव क्षेत्रबाट हटाउने कुरा प्रायः असम्भव बन्न जाने अमेरिकी निष्कर्ष छ ।

यस सम्बन्धमा अमेरिकाका लागि सबैभन्दा कठिनाइको कुरा के छ भने उसले यूक्रेनमा पनि रुसका विरुद्ध एउटा अर्को मोर्चा पहिलादेखि नै खोलिराखेको छ । केही समय पहिलासम्म अमेरिका यूक्रेनमा रुसको चूनौतिको सामना गर्नका लागि चीनको सहयोग लिन प्रयासरत रहेको देखिन्थ्यो पनि । अब भने चीनले अमेरिकालाई कुनै राहत देला भन्ने सम्भावना झिनु र नगन्य मात्रै रहेको उनीहरुको पछिल्लो निष्कर्ष छ । यति मात्रै पनि होइन, ताइवान मोर्चामा चीनका विरुद्ध लामबन्दीमा रुसको सहयोग या तटस्थताको जुन गुञ्जायश हिजो देखिन्थ्यो त्यो पनि अब समाप्त भइसकेको छ । अहिले एकथरी विश्लेषकहरु के भनिरहेका छन् भने अमेरिकाले रुस र चीनको गठबन्धनलाई जान अञ्जानमा सबल बनाइदिएको छ । भारत पनि यूक्रेनमा जस्तै सतर्कताकासाथ कुनै मोर्चामा पनि नलाग्ने दिशातिर उन्मुख रहेको जस्तो गर्दैछ ।
विश्वमा अहिले जुन दुई वटा मोर्चा (यूक्रेन र ताइवान)मा विश्व महाशक्तिहरुको संघर्ष केन्द्रित भएको देखिँदैछ त्यसको सबैभन्दा गम्भीर र नकारात्मक असर भने विश्व अर्थव्यवस्थामाथि पर्नेछ । यस बढ्दो र लम्बिदो संकटका कारण विश्वमा खाद्य तथा ऊर्जा संकट ठूलो चूनौतिका रूपमा खडा हुुन पुग्ने छ । यसको सबैभन्दा बढी दुष्प्रभाव पनि यूरोपेली देशहरुमाथि पर्ने छ । त्यहाँ अहिले नै पनि आर्थिक मन्दीको ठूलो खतरा मडारिइरहेको छ
तर, विश्वमा अहिले जुन दुई वटा मोर्चा (यूक्रेन र ताइवान)मा विश्व महाशक्तिहरुको संघर्ष केन्द्रित भएको देखिँदैछ त्यसको सबैभन्दा गम्भीर र नकारात्मक असर भने विश्व अर्थव्यवस्थामाथि पर्नेछ । यस बढ्दो र लम्बिदो संकटका कारण विश्वमा खाद्य तथा ऊर्जा संकट ठूलो चूनौतिका रूपमा खडा हुुन पुग्ने छ । यसको सबैभन्दा बढी दुष्प्रभाव पनि यूरोपेली देशहरुमाथि पर्ने छ । त्यहाँ अहिले नै पनि आर्थिक मन्दीको ठूलो खतरा मडारिइरहेको छ । विश्वको यो युद्धजन्य उथलपुथलबाट विश्वका कुनै दुेशहरु पनि अछूतो रहन सक्ने छैनन् । त्यसमा पनि गरीब र विकासशील देशहरुमाथि त यसको असर अझ चर्कोरूपमा पर्नेछ । यो स्थितिलाई फेर्न युद्धका कारक र कारणहरुको अन्त्य हुनु पर्दछ । असमानता, गरिबी, अभाव, शोषण र अन्यायको अन्त्य हुने वातावरण नबनेसम्म साना ठूला युद्धहरु र विनाश विश्वले देख्नु र व्यहोर्नुपर्ने स्थिति रहिरहन्छ ।
वि.सं.२०७९ साउन २२ आइतवार ११:२८ मा प्रकाशित






























